Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ। हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ। हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ। यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो। बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उनी दोस्रो स्थानमा झरेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्। एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन्। एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ। चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ। पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन्। सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन्। घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ। चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो। चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो। रासस/एपी The post एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा
प्रविधिJust now

स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा

पहिलो फोल्ड हुने आइफोन बजारमा ल्याएको केही दिनमै एप्पलले सोमबार आफ्ना केही उपकरणमा स्क्रिनसम्बन्धी समस्या देखिएको स्वीकार गरेको छ। कम्पनीले समस्या देखिएका उपकरण साटिदिने जनाएको छ। एप्पलले गत साता आइफोन डुओको बिक्री सुरु गरेको थियो। अनलाइनबाट गरिएका प्रारम्भिक अर्डर केही मिनेटमै सकिएपछि विश्वभरका ग्राहक सीमित मौज्दातमा रहेका फोन किन्न पसलहरूमा लाइन लागेका थिए। आइफोन डुओ पासपोर्टको पुस्तिकाजस्तै खुल्ने भएकाले यसको उत्पादन जटिल ...

टेक्नोलोजी खबर
एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने

एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा ३ अर्ब डलर लगानी गर्नेछ। मेटाका ‘म्युज’ एआई मोडल तथा एजेन्टहरू एनभिडियाको पूर्वाधारमा सञ्चालन हुँदै आएका छन्। अब दुवै कम्पनीले ती मोडलको कार्यक्षमता बढाउन र सञ्चालन लागत घटाउन थप सहकार्य गर्नेछन्। मेटाका ...

टेक्नोलोजी खबर
एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो
प्रविधिJust now

एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो

१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा […] The ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play