Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य
Photo / Coverage: टेक्नोलोजी खबर

अष्ट्रेलिया र सिंगापुरले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। मंगलबार क्यानबेरास्थित संसद् भवनमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले उक्त सहमति सार्वजनिक गरेका हुन्। भेटवार्ताका क्रममा दुवै देशले एआई प्रविधिको विकास, प्रयोग तथा यससम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय सुशासन निर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री अल्बानिजले एआईसम्बन्धी क्षेत्रीय तथा विश्वव्यापी नीति निर्माणमा दुवै देशले संयुक्त रूपमा योगदान पु¥याउने बताउँदै उक्त प्रविधि मानव नियन्त्रण र निगरानीभित्र रहने सुनिश्चित गर्नु सहकार्यको महत्वपूर्ण उद्देश्य रहेको उल्लेख गरे। यसैगरी, दुवै देशले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थासम्बन्धी नयाँ समझदारीपत्र (एमओयू) मा पनि हस्ताक्षर गरेका छन्। उक्त समझदारीले यसअघि जुलाईमा भएको इन्धन आपूर्ति व्यवस्थालाई विस्तार गर्दै खाद्यान्न, औषधि तथा चिकित्सा सामग्रीलाई समेत समेटेको छ। सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले नयाँ व्यवस्थाले भविष्यमा आपूर्ति शृङ्खलामा उत्पन्न हुन सक्ने अवरोधको सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दुवै देशबीच कायम विश्वास र कठिन परिस्थितिमा समेत व्यापार खुला राख्दै आपूर्ति शृङ्खलालाई लचिलो तथा भरपर्दो बनाउने साझा प्रतिबद्धता यस सहमतिमा प्रतिबिम्बित भएको बताए। यसअघि तेल आपूर्ति संकटलाई मध्यनजर गर्दै सिंगापुर–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत जुलाईमा भएको व्यवस्थामा आपूर्ति अवरोधका समयमा पनि इन्धन तथा ग्यासको व्यापार निरन्तर कायम राख्ने सहमति गरिएको थियो। नयाँ समझदारीले दुई देशबीचको सहकार्यलाई इन्धन तथा ग्यासमा मात्र सीमित नराखी खाद्यान्न, औषधि र चिकित्सा सामग्रीसम्म विस्तार गरेको छ। यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत हुनुका साथै क्षेत्रीय आपूर्ति शृङ्खलाको स्थायित्व र आर्थिक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।–रासस The post एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टेलिकमका समस्या समाधान गर्न मन्त्री सक्रिय, सेवा अवरुद्ध हुन नदिन निर्देशन
TechnologyJust now

टेलिकमका समस्या समाधान गर्न मन्त्री सक्रिय, सेवा अवरुद्ध हुन नदिन निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवामा देखिएका समस्या तत्काल समाधान गरी गुणस्तर सुधार गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।बुधबार दूरसञ्चार कार्यालय बनेपाको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सेवाग्राहीका गुनासालाई प्राथमिकतामा राखेर परिणाम देखिने गरी काम गर्न कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका हुन् ।उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न र तत्काल ...

आइसिटी समाचार
डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता
TechnologyJust now

डिजिटल भुक्तानी सेवा विस्तार गर्न सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ ।सम्झौताअनुसार दुवै संस्थाले कार्ड पोर्टफोलियो विस्तार, भुक्तानी प्रणालीको पहुँच वृद्धि तथा नयाँ डिजिटल सेवाको विकासमा सहकार्य गर्नेछन् । यसबाट सिद्धार्थ बैंकका ग्राहकलाई थप सहज, सुरक्षित र गुणस्तरीय भुक्तानी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको ...

आइसिटी समाचार
अमेरिकाको पछिल्लो दूरसञ्चार प्रतिबन्ध प्रति चीनले जनायो आपत्ति
TechnologyJust now

अमेरिकाको पछिल्लो दूरसञ्चार प्रतिबन्ध प्रति चीनले जनायो आपत्ति

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले गत साताको अन्त्यतिर ‘अमेरिकी फोन नम्बरमा खराब नियत भएका पक्षको पहुँचमा कडाइ’ शीर्षकमा नयाँ निर्णय सार्वजनिक गरेको थियो। एफसीसीको प्रतिबन्धित सूचीमा रहेका कम्पनीहरू यस निर्णयको दायरामा पर्छन्। ‘कभर लिस्ट’ भनिने उक्त सूचीमा मुख्यतः चिनियाँ कम्पनीहरू छन्। यससँगै चाइना टेलिकम, चाइना मोबाइल र चाइना युनिकमले अब अमेरिकी ग्राहकसँग प्रत्यक्ष रूपमा सञ्चार गर्न पाउने छैनन्। यो कदम ...

टेक्नोलोजी खबर
एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो
TechnologyJust now

एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो

हालै सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को फाइलिङले देखाएअनुसार एनभिडियाले फिनिस टेलिकम गियर निर्माता नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सा बेचेको छ। चिप जायन्टले जुलाई र सेप्टेम्बरको बीचमा ९३.५३ मिलियन नोकिया शेयर बेचेको छ। एनभिडियाले सुरुमा गत वर्ष नोकियामा २.९ प्रतिशत हिस्सा प्राप्त गरेको थियो, जसमा १६६ मिलियन शेयरहरू थिए। यो एआई नेटवर्किङलाई अगाडि बढाउने उद्देश्यले गरिएको एक अर्ब डलर रणनीतिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement