Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् । चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख आर्थर मेन्श र नोबेल पुरस्कार विजेता अनुसन्धानकर्ता जेफ्री हिन्टन सहभागी हुनेछन्। एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग जोडिएको विवादका कारण एआई क्षेत्रको सुरक्षा विषयले पनि बैठकमा स्थान पाउन सक्ने इयुका एक अधिकारीले बताएका छन् । एनभिडिया औपचारिक कार्यसूचीमा नरहे पनि नेताहरूले त्यसबारे छलफल गर्न चाहेमा रोक नलगाइने उनको भनाइ छ । बैठकअघि एस्टोनिया र फिनल्यान्डले गम्भीर एआई घटनाको सामना गर्न इयुस्तरको व्यवस्था आवश्यक रहेको बताएका छन् । एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिचालले विगतमा जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजका लागि बाह्य मुलुकमाथि निर्भर हुनुपरेको अवस्थाबाट पाठ सिक्दै नयाँ प्रविधिमा लगानी गर्नुपर्ने बताएकी छन्। मिस्ट्रलका प्रमुख मेन्शले युरोपमै उन्नत एआई विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन्। गुगलका पूर्वअनुसन्धानकर्ता हिन्टनले भने एआईबाट रोजगारी, नागरिक अधिकार र सुरक्षामा पर्न सक्ने प्रभावबारे छलफल गर्नेछन्। उनी र कम्प्युटर वैज्ञानिक योशुआ बेङ्गियोले च्याटजिपिटी सार्वजनिक भएपछि एआईका सम्भावित जोखिमबारे चेतावनी दिएका थिए। सेन्टर फर युरोपियन रिफर्मका अनुसन्धानकर्ता जेम्स ग्रीनले युरोपलाई एआईसम्बन्धी स्पष्ट रणनीति आवश्यक रहेको बताएका छन्। उनले व्यावसायिक वातावरण सुधार, उन्नत प्रविधिमा पहुँच, जिम्मेवार प्रयोग तथा सम्भावित हानि कम गर्न नियमन र अन्तर्राष्ट्रिय साझेदारीमा जोड दिएका छन्। The post एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने
TechnologyJust now

मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने

इटालियन लक्जरी कार निर्माता मासेराटीले ह्वावे र आन्हुई जियाङहुई अटोमोबाइल ग्रुप कर्प (जेएसी) द्वारा संयुक्त रूपमा विकास गरिएको ब्रान्ड माएक्सट्रोसँग साझेदारी गर्ने बताइएको छ, जसले घरेलु र विदेशी बिक्रीको लागि विभिन्न ब्रान्डहरू प्रयोग गरेर चीनमा स्थानीय उत्पादनलाई अगाडि बढाउनेछ। “मासेराटी डिजाइन” भनिने यो परियोजना ह्वावे, जेएसी र मासेराटीको मूल कम्पनी स्टेलान्टिस सम्मिलित ३-तर्फी सहकार्य भएको चिनियाँ मिडिया यिकाईले रिपोर्ट गरेको छ। रिपोर्ट ...

टेक्नोलोजी खबर
आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री
TechnologyJust now

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए। सम्मेलनका क्रममा ...

टेक्नोलोजी खबर
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल
TechnologyJust now

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित ...

आइसिटी समाचार
नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट
TechnologyJust now

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो ।यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो । नेपाल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play