Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआई कोडिङ टुल ओपनकोडमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको एआई खातामा अनधिकृत खर्च

एआई कोडिङ टुल ओपनकोडमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको एआई खातामा अनधिकृत खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई कोडिङ टुल ओपनकोडमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको एआई खातामा अनधिकृत खर्च

क्लाउड कोड र कर्सरको विकल्पका रूपमा विकासकर्तामाझ लोकप्रिय हुँदै गएको खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडले शनिबार आफ्नो पुरानो प्रणालीमा रातारात ह्याकरले प्रवेश गरेको जनाएको छ। यस घटनाबाट यसको अनलाइन प्लेटफर्म ओपनकोड कन्सोलका १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन्। केही प्रयोगकर्ताले यस प्लेटफर्ममा एआई सेवामा पहुँच पाउन प्रयोग हुने एपीआई की अर्थात् डिजिटल पासवर्ड राख्ने गरेका थिए। आक्रमणको सामना गर्न ओपनकोडको टोलीले प्रयास गरिरहेका बेला यस घटनाले अर्को बढ्दो समस्यालाई उजागर गरेको छ। कम सुरक्षा प्रतिबन्ध भएका एआई मोडेलमा नियन्त्रित पहुँच नभएका कम्पनीलाई ठूलो स्तरका एआई-सञ्चालित साइबर आक्रमणबाट आफ्नो प्रणाली जोगाउन कठिन भइरहेको छ। कम्पनीले एक्समा लेखेको छ, “हिजो राति ठूलो स्तरको डिस्टिलेसन आक्रमणसँग सम्बन्धित सुरक्षा उल्लङ्घन भएको थियो। यसबाट ओपनकोड कन्सोलका १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भए।” कम्पनीले सबै प्रभावित प्रयोगकर्तालाई शनिबार बिहान इमेलमार्फत जानकारी दिएको जनाएको छ। इमेल नपाएका प्रयोगकर्ता प्रभावित नभएको पनि कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले डिस्टिलेसन आक्रमण कसरी भयो भन्नेबारे खुलाएको छैन। तर, एपीआई की चुहिएमा अमेरिकी एआई मोडेलमा पहुँच प्रतिबन्धित भएका देशका प्रयोगकर्तालाई डिस्टिलेसन प्रक्रियाका लागि आवश्यक ठूलो मात्रामा एआई आउटपुट उत्पादन गर्न सहयोग पुग्न सक्छ। यद्यपि, केही आलोचकले घटनालाई डिस्टिलेसन आक्रमणका रूपमा व्याख्या गर्नु अतिशयोक्ति भएको बताएका छन्। उनीहरूका अनुसार यो सामान्य सुरक्षा उल्लङ्घनको घटना हुन सक्छ र त्यसको प्रयोग डिस्टिलेसनका लागि भएको प्रमाणित भइसकेको छैन। टेकक्रञ्चका अनुसार राति नै विकासकर्ताहरूले रेडिट र एक्समा खर्चसम्बन्धी चेतावनी र आफूले अनुमति नदिएका शुल्कबारे लेख्न थाले। एक विकासकर्ताले लेखेका छन्, “सुत्नुअघि मेरो ओपनएआई, एन्थ्रोपिक र गुगल एआईका खर्चसम्बन्धी सबै चेतावनी एकैपटक आए। के भइरहेको छ भन्ने सोच्दै म सुत्न गएँ।” अन्य प्रयोगकर्ताले आफ्नो व्यक्तिगत खातामा सयौँ डलर बराबरको अनधिकृत शुल्क लागेको बताएका छन्। केहीले त एक हजार डलरभन्दा बढी रकम खर्च भएको उल्लेख गरेका छन्। एन्थ्रोपिक र गुगलले चुहावट भएको आशंका गरिएका एपीआई की बन्द गरेका छन्। ओपनएआईले भने आक्रमणमा प्रयोग भएका क्रेडिटका लागि आफ्नो एपीआई प्रयोगकर्तालाई पहुँच पुनःस्थापना गर्न र रकम फिर्ता गर्न ओपनकोडसँग मिलेर काम गरेको जनाएको छ। ओपनकोडले पनि अनधिकृत शुल्कको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको बताएको छ। चुहिएका की ओपनकोड कन्सोलमा मात्र सीमित थिए। केही प्रयोगकर्ताले ती की आफ्नो कार्यक्षेत्रमा राखेका थिए। सहसंस्थापक ड्याक्स राडका अनुसार खुला स्रोतको एप र कमान्ड लाइन टुलमा भने असर परेको थिएन। उनले एक्समा लेखेका छन्, “ध्यान दिनुहोस्, यो ओपनकोड कन्सोलको घटना हो, ओपनकोड आफैँको होइन। ती की हामीकहाँ कहिल्यै आउँदैनन्।” प्रयोगकर्ता र एआई कम्पनीहरूले चुहिएका की बन्द गर्ने प्रयास गरिरहँदा ओपनकोडको टोलीमाथि पनि दबाब बढिरहेको थियो। राडले आक्रमणकारीले ४८ घण्टासम्म निरन्तर कम्पनीको प्रणालीमा प्रवेश गर्ने प्रयास गरिरहेको बताएका छन्। त्यसका कारण टोलीले एआईमा आधारित सुरक्षा एजेन्टहरू चौबीसै घण्टा सञ्चालन गर्नुपरेको थियो। आक्रमणको विश्लेषण गर्न ओपनकोडको टोलीले प्रयोग गरेका एआई मोडेलले सुरुमा सहयोग गरे पनि पछि काम गर्न अस्वीकार गर्न थाले। उनीहरूलाई विश्लेषण गर्न दिइएको हानिकारक कोडले मोडेलका सुरक्षा फिल्टर सक्रिय गरेपछि यस्तो भएको थियो। राडले एक्समा लेखेका छन्, “त्यो केही निराशाजनक थियो।” पछि ओपनकोडले ओपनएआईको ‘डेडब्रेक ब्लु’ कार्यक्रममा पहुँच पायो। यस कार्यक्रमले प्रमाणित प्रयोगकर्तालाई सुरक्षा प्रतिरक्षासम्बन्धी कामका अनुरोध अस्वीकार गर्ने सम्भावना कम भएका एआई मोडेल उपलब्ध गराउँछ। राडका अनुसार यस पहुँचले टोलीलाई आक्रमणको अनुसन्धान गर्न थप सक्षम बनायो। यस्तो समस्याको सामना गर्ने ओपनकोड पहिलो कम्पनी होइन। जुलाईमा एआई प्लेटफर्म हगिङ फेसले स्वचालित एआई एजेन्टबाट भएको घुसपैठको गतिविधि लग विश्लेषण गर्ने प्रयास गर्दा व्यावसायिक एआई मोडेलहरूले अवरोध गरेको जनाएको थियो। पछि ओपनएआईले ती आक्रमणमा परीक्षणका क्रममा सुरक्षा व्यवस्था कमजोर पारिएका आफ्नै एआई मोडेल प्रयोग भएको खुलासा गरेको थियो। The post एआई कोडिङ टुल ओपनकोडमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको एआई खातामा अनधिकृत खर्च appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एप्पलले सार्वजनिक गर्यो आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च
प्रविधिJust now

एप्पलले सार्वजनिक गर्यो आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च

एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च सार्वजनिक गरेको छ। आईफोन डुओ नाम दिइएको यस फोनको मर्मत खर्चमध्ये केही निकै महँगो छन्। फोनको भित्री स्क्रिन फेर्न ९९९ डलर (करिब ८६० यूरो) लाग्नेछ भने अन्य ठूला क्षतिको मर्मत खर्च १ हजार ४९९ डलर (करिब १ हजार २९० यूरो) सम्म पुग्न सक्छ। टेलिग्राफका अनुसार बाहिरी स्क्रिन फेर्न ३७९ डलर (करिब ३२६ यूरो) ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
प्रविधिJust now

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ ...

टेक्नोलोजी खबर
एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने
प्रविधिJust now

एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play