Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले बताएकी छिन्। मंगलबार संघीय संसद्मा सम्बोधन गर्दै उनले एआई तथा अन्य उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ आयाम थपिरहेको उल्लेख गरिन। उनका अनुसार यी प्रविधिहरू विगतका क्रान्तिकारी प्रविधिभन्दा तीव्र गतिमा विस्तार भइरहेका छन् र तिनको दीर्घकालीन प्रभाव पूर्ण रूपमा अनुमान गर्न कठिन छ। विदेशमन्त्री वोङले अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा तीव्र गतिलाई मात्र प्राथमिकता नदिई सुरक्षा, सावधानी र जिम्मेवारीलाई समेत महत्त्व दिनुपर्नेमा जोड दिइन। यसका लागि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै विभिन्न देशबीच विश्वास अभिवृद्धि र प्रविधिसम्बन्धी समस्याको समाधानमा साझा प्रयास गर्ने नीति लिएको बताएकि छन्। यसैबीच, अस्ट्रेलिया सरकारले एआई विकासकर्ताका लागि नयाँ अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। उक्त व्यवस्थाअनुसार कम्पनीहरूले सुरक्षा उल्लङ्घनबारे जानकारी गराउनुपर्ने र आफ्ना एआई मोडेलको स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराउन सकिनेछ। नियम कार्यान्वयनका लागि छुट्टै नियामक निकाय स्थापना गरिने तथा नियम उल्लङ्घन गर्ने कम्पनीमाथि आर्थिक जरिवाना लगाउन सकिने व्यवस्था गरिनेछ। वोङले अस्ट्रेलिया एआई प्रविधिमा लगानी र नवप्रवर्तनको स्वागत गर्ने पक्षमा रहेको उल्लेख गर्दै त्यसबाट सबै अस्ट्रेलियाली नागरिकले लाभ प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी छन्।–रासस The post ‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
TikTok launches redesigned Family Pairing to give parents actionable insights into teens’ digital experiences
TechnologyJust now

TikTok launches redesigned Family Pairing to give parents actionable insights into teens’ digital experiences

TikTok has announced an update to its Family Pairing experience, introducing new features that give parents greater visibility into how their teens use the platform and provide actionable insights to help them support their online experiences. The redesigned Family Pairing dashboard brings together information across four key areas: screen time, interactions, content interests and public posts. The update aims to make ...

टेक्नोलोजी खबर
दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट
TechnologyJust now

दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट

एआई कम्पनीहरूले पछिल्ला केही महिनादेखि व्यक्तिगत एआई एजेन्टलाई मानिसको दैनिक डिजिटल कामको झन्झट कम गर्ने उपकरणका रूपमा प्रचार गरिरहेका छन्। लाखौँ प्रयोगकर्ताले यो अवधारणालाई विश्वास गर्दै आफ्ना किनमेलका तालिका, यात्रा योजना र दैनिक जिम्मेवारी एआई सहायकलाई सुम्पिन थालेका छन्। तर, नयाँ अनुसन्धानले सबैभन्दा उन्नत एआई मोडेलहरूलाई समेत मानिसको दैनिक जीवनका जटिल विवरणहरू विश्वसनीय र सुरक्षित रूपमा व्यवस्थापन गर्न कठिन भइरहेको ...

टेक्नोलोजी खबर
Embassy of Israel hosts “Israel Cyber and AI” event in Kathmandu
TechnologyJust now

Embassy of Israel hosts “Israel Cyber and AI” event in Kathmandu

The Embassy of Israel in Nepal hosted an event titled “Israel Cyber and AI” on Monday, bringing together representatives from government, IT, AI, banking and other sectors to explore Israel’s expertise in cybersecurity, artificial intelligence and emerging technologies. Minister for Science, Technology and Innovation Dr. Mahabir Pun attended as chief guest. In his remarks, he said Israel is a leader in ...

टेक्नोलोजी खबर
एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य
TechnologyJust now

एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य

अष्ट्रेलिया र सिंगापुरले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। मंगलबार क्यानबेरास्थित संसद् भवनमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले उक्त सहमति सार्वजनिक गरेका हुन्। भेटवार्ताका क्रममा दुवै देशले एआई प्रविधिको विकास, प्रयोग तथा यससम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय सुशासन निर्माणमा सहकार्य गर्ने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement