Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भएको भन्दै पुनरावलोकन गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भएको भन्दै पुनरावलोकन गर्न माग
Photo / Coverage: पर्दाफास

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यवहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्थाका कारण ऋण तिर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने भन्दै त्यसमा पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्। उनका अनुसार ऋणको एसेट क्लासिफिकेसन अन्तर्गत तीन महिना, छ महिना र एक वर्षको अवधिअनुसार शतप्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था व्यावहारिक छैन । एक वर्षको अवधिमै वास्तविक तथा इमान्दार व्यवसायीसमेत कालोसूचीमा पर्ने अवस्था सिर्जना हुनु उचित होइन ।उपाध्यायका अनुसार पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याका कारण धेरै व्यवसायी आर्थिक कठिनाइमा परेका छन् । यस्तो अवस्थामा व्यवसायीले आफ्नै कमजोरी वा खराब नियतका कारण नभई समग्र आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेको हुन सक्ने भएकाले उनीहरूलाई छुट्टै दृष्टिकोणबाट हेर्न आवश्यक छ । कुनैपनि व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन र आर्थिक रूपमा सबल बनाउन निश्चित समय आवश्यक पर्ने बताउँदै उनले वास्तविक समस्यामा परेका व्यवसायीलाई पुन:स्थापित हुने अवसर दिनुपर्ने बताए । परिसंघले यस विषयमा नेपाल राष्ट्र बैंकसमक्ष पटक-पटक आफ्नो धारणा राख्दै आएको बताउँदै उपाध्यायले विद्यमान व्यवस्थाको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए । उनका अनुसार आर्थिक समस्याका कारण ऋण तिर्न नसकेका व्यवसायी तथा ऋणीले न्याय पाउने गरी कानुनहरूमा सुधार गर्नुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ। तर औपचारिक उद्घाटनअघि नै मंसिर ...

पर्दाफास
देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५
OthersJust now

देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पद पूर्ति गर्न उपनिर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि रिक्त भएका पद लामो समयदेखि पदपूर्तिको प्रतीक्षामा छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । यीमध्ये अधिकांश पद २०८२ ...

पर्दाफास
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)
OthersJust now

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। ...

अनलाइन खबर
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता
OthersJust now

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

सार्वजनिक रूपमा दुवै पक्षले आ-आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play