Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट
Photo / Coverage: नेपालन्युज

काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ। उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गरे। उनले नेपालको विकास प्रयासमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए। भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताएका थिए । सो भेटका क्रममा राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न बेलायत इच्छुक रहेको बताउँदै आगामी साता टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा नेपालको नेतृत्व खोज्दै विज्ञ
Latest NewsJust now

कोप–३१ मा नेपालको नेतृत्व खोज्दै विज्ञ

काठमाडौं।आगामी सोमबारदेखि टर्किएको अन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) लाई नेपालले आफ्नो जलवायु कूटनीति सुदृढ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्न विज्ञले सुझाव दिएका छन्। जलवायुविज्ञ मञ्जित ढकालले जलवायु परिवर्तनका कारण बढ्दै गएको क्षति, तापक्रम वृद्धि र हिमाली क्षेत्रमा देखिएका जोखिमलाई मध्यनजर गर्दै नेपालले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको लक्ष्य, अनुकूलन र हानि तथा ...

नेपालन्युज
तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्था
Latest NewsJust now

तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्था

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा अन्तर्दिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने उद्देश्यसहित नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ। बोर्डले तयार गरेको ‘अन्तर्दिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै आगामी मंसिर ४ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। नेपाली पुँजी बजारमा कारोबारको गति,... ...

नेपालखबर
तिहार, छठ र नेपाल संवत्का लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा
Latest NewsJust now

तिहार, छठ र नेपाल संवत्का लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित विशेष सुरक्षा कार्ययोजना तयार गरी ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play