काठमाडौं । उपत्यकालाई केन्द्र बनाएर सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध गाउँपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहार राज्य, मधुवनी जिल्ला कमलाहरी वडा नं. १२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन् । ब्युरोका अनुसार पक्राउ परेकाहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, लागुऔषध तौल गर्न प्रयोग हुने दुई थान डिजिटल तराजु, दुई लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल बरामद गरिएको छ । उनीहरूमाथि ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको ब्युरोले जनाएको छ ।
उपत्यकामा ८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






