Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा एकैदिन ७७४ सवारीचालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा एकैदिन ७७४ सवारीचालक कारबाहीमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना छन् । त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए । ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ । प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ । सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Latest NewsJust now

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिउको छ। मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।  २०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन्। उनी हालका प्रधानसेना... ...

नेपालखबर
नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement