Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

उद्योग दिवसमा भोजपुरका दुई उद्यमी र एक कर्मचारी सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योग दिवसमा भोजपुरका दुई उद्यमी र एक कर्मचारी सम्मानित
Photo / Coverage: हिमालय टाइम्स

भोजपुर । १२ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा भोजपुरमा दुई उद्यमी र एक कर्मचारीलाई सम्मान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बुधवार सफल उद्यमी र कर्मचारीलाई सम्मान गरेको हो । भोजपुर नगरपालिका वडा नम्वर ३, दाँवाका टंकमाया खडका र वडा नम्वर ४, दाँवाकै चन्द्र प्रसाद पाण्डेलाई उद्यमी र कार्यालयका कार्यलय सहयोगी पदम प्रसाद कोइरालालाई सम्मान गरिएको छ । हिमगंगा अलैची फर्मका पाण्डे र जौ नागी कृषि तथा पशु फर्मका सञ्चालक खडकालाई नगद सात हजार सहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको छ भने कर्मचारी कोइरालालाई नगद तीन हजार सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ । ‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष बद्री कुमार श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार थेगुवा, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बिष्णुहरि बराल लगायतले सम्मानितहरुलाई सम्मान गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बजारमा पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम
Latest NewsJust now

बजारमा पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम

ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको कम्पनीको भनाइ छ । ...

कान्तिपुर
यामाहाका दसैंतिहार अभियानका विजेता सम्मानित
Latest NewsJust now

यामाहाका दसैंतिहार अभियानका विजेता सम्मानित

ग्रान्ड प्राइजसँगै देशभरका हजारौं ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेको कम्पनीले जनाएको छ । ...

कान्तिपुर
‘अभिलेखीकरणमा सहजीकरण गर्दै नयाँ एफडीआई भित्र्याऔं’
Latest NewsJust now

‘अभिलेखीकरणमा सहजीकरण गर्दै नयाँ एफडीआई भित्र्याऔं’

ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पारे । ...

कान्तिपुर
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच छुट सम्झौता
Latest NewsJust now

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच छुट सम्झौता

समझदारीअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement