सिरहा । आस्थाको महापर्व छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व विधिवत् रूपमा सम्पन्न भएको छ । सिरहासहित तराई–मधेसका विभिन्न जिल्लामा बिहानैदेखि व्रतालुहरू पोखरी, नदी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–७ र १० का विभिन्न छठघाटमा पनि श्रद्धालुहरूको उल्लेख्य सहभागितामा छठपर्व सम्पन्न भएको छ । सुरेश राय/नेपाल फोटो लाइब्रेरी
उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयाे छठ (तस्बिरहरू)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






