Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । षष्ठीका दिन हिजो आइतबार साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए । त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ । The post उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्। ...

कान्तिपुर
यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
Latest NewsJust now

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ। केही महिलाहरूमा यो संक्रमण निको भएपछि फेरि... ...

रातोपाटी
काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ। के तराई, के पहाड अहिले सबै क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाइन्छ।  यसै क्रममा देशको केन्द्रीय राजधानी काठमाडौँमा पनि छठ भव्यतापूर्वक सम्पन्न गरिएको छ।  यसै क्रममा हेर्नुहोस् आज बिहान गौरीघाटमा देखिएका यी दृश्य-   ...

नेपालखबर
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Latest NewsJust now

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play