Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिदैं

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिदैं
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुँदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न हुदै छ । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । षष्ठीका दिन हिजो आइतबार साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए । त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ । The post उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिदैं appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने
Latest NewsJust now

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का १२ सदस्य अर्थतन्‍त्रका शीर्ष नेताहरू एपेक सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् । चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो । सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ ...

केन्द्रबिन्दु
बाली जोगाउन बारीमा सिसी क्यामरा
Latest NewsJust now

बाली जोगाउन बारीमा सिसी क्यामरा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, कात्तिक ३० गते । बारीमा पाक्दै गरेको खेती र फलफूल बाँदरबाट जोगाउन किसानले अनेक उपाय अपनाउँदै आएका छन् । कतै गुलेली, होहल्ला, कर्नाल र ढुङ्ग्रो फुके... ...

गोरखापत्र
राससले खुलायो करार सेवामा रोजगारी
Latest NewsJust now

राससले खुलायो करार सेवामा रोजगारी

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा विभिन्न पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत र सहायक स्तरका विभिन्न ९ पदमा करार सम्झौतामार्फत... ...

रातोपाटी
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा वृद्धि
Latest NewsJust now

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा वृद्धि

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले बढेको छ। सोमबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो। आइतबारको तुलनामा सोमबार बिहान तापक्रम २.४ डिग्रीले वृद्धि भएको देखिएको हो। मौसमविद्हरूका अनुसार रातिको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play