Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने
Photo / Coverage: केन्द्रबिन्दु

बेइजिङ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का १२ सदस्य अर्थतन्‍त्रका शीर्ष नेताहरू एपेक सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् । चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो । सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अष्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनका क्रममा सहभागी नेताहरूले सम्बोधन गर्ने, मन्तव्य राख्ने तथा विभिन्न विषयगत छलफलमा भाग लिने कार्यक्रम रहेको छ । एपेकमा २१ सदस्य छन् ।रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको भन्सार महसुलले नेपाली जुट उद्योगलाई सकस
Latest NewsJust now

भारतको भन्सार महसुलले नेपाली जुट उद्योगलाई सकस

नवराज कट्टेलविराटनगर, कात्तिक ३० गते  । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका जुट उद्योगहरूले अहिले जुट खरिद गर्न आनाकानी गरिरहेका छन् । भारतले गत असोजदेखि एन्टिडम्पिङ ड्युटी (एडिडी... ...

गोरखापत्र
विश्वभाषा क्याम्पसद्वारा सहायक क्याम्पस प्रमुखसहित तीन पदका लागि दरखास्त आह्वान
Latest NewsJust now

विश्वभाषा क्याम्पसद्वारा सहायक क्याम्पस प्रमुखसहित तीन पदका लागि दरखास्त आह्वान

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको विश्वभाषा क्याम्पसले सहायक क्याम्पस प्रमुख तथा विद्यार्थी कल्याण प्रमुख पदका लागि दरखास्त आह्वान गरेको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित क्याम्पसमा रिक्त रहेका दुई जना सहायक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play