आज एकाबिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका– ५, सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे– ५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ । ‘आकाश पूर्ण रूपमा खुल्ला छ, घाम लागिरहेको छ’, उनले भनिन्, ‘बादल लागेको छैन, तर हावा चलिरहेकै छ ।’ हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।
उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

Read Complete Original Article
Published originally on पर्दाफास






