Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

उत्तरढोकामा ३ अर्ब खर्चेर वाणिज्य बैंकमध्ये नेपालकै ठूलो केन्द्रीय कार्यालय बनाउँदै ग्लोबल आइएमई

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तरढोकामा ३ अर्ब खर्चेर वाणिज्य बैंकमध्ये नेपालकै ठूलो केन्द्रीय कार्यालय बनाउँदै ग्लोबल आइएमई
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरे । करिब १ लाख ४५ हजार वर्गफिट ‘बिल्टअप’ क्षेत्रफलमा निर्माण हुन लागेको यो भवन आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि भित्री साजसज्जा (इन्टेरियर) लगायत सम्पूर्ण कार्यका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान बैंकले गरेको छ । शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यो भवन नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने बताए । काठमाडौंको ‘प्राइम लोकेसन’ मा निर्माण हुन लागेको यो संरचना भविष्यमा एउटा ‘आइकनिक’ भवनका रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरे । ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको निरन्तर साथ र सद्भावकै कारण बैंक यस स्थानमा आफ्नै अत्याधुनिक भवन बनाउने अवस्थामा आइपुगेको ढकालले बताए । आगामी दिनमा पनि नेपाल सरकार, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, आम नागरिक तथा सेवाग्राहीबाट यस्तै सहयोग प्राप्त भइरहने अपेक्षा उनले गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया र विश्वासका कारण ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंकका रूपमा स्थापित हुन सकेको बताए । हाल बैंकका केन्द्रीय स्तरका विभिन्न विभागहरू अलग–अलग स्थानबाट सञ्चालन भइरहेकोमा नयाँ भवन निर्माणपछि सबै सेवा एउटै छानामुनिबाट उपलब्ध गराउन सकिने उनले जानकारी दिए । रेग्मीका अनुसार यो भवनलाई नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयहरूभन्दा निकै आधुनिक र प्रविधिमैत्री बनाइनेछ । नयाँ भवनले बैंकका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, छिटो–छरितो र प्रभावकारी बनाउन ठूलो सहयोग पुर्‍याउने बैंकको विश्वास छ । बैंकले ग्राहकको विश्वासलाई सफलताको मुख्य आधार मान्दै आगामी दिनमा भौतिक पूर्वाधारसँगै प्रविधिमैत्री र गुणस्तरीय बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ । The post उत्तरढोकामा ३ अर्ब खर्चेर वाणिज्य बैंकमध्ये नेपालकै ठूलो केन्द्रीय कार्यालय बनाउँदै ग्लोबल आइएमई appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा
Latest NewsJust now

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्।  शनिबार काठमाडौंको होटल हिमालयमा ‘नेसनल एआई समिट २०२६’ आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।  निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्... ...

नेपालखबर
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
Latest NewsJust now

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थ... ...

गोरखापत्र
वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
Latest NewsJust now

वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) मा बदमासी गर्ने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ओखलढुंगाको लिखु गाँउपालिका वडा नं ९ स्थित पोकलीमा ०७५–०७६ र आव २०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको तथ्यपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका […] ...

लोकपथ
बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार
Latest NewsJust now

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

ढाका । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play