Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने
Photo / Coverage: पर्दाफास

रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा परियोजनाकी प्रतिनिधि पल्लवी अधिकारीले उत्तरगया गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा पशुपन्छीका अवशेष व्यवस्थापन गर्नुपर्ने सम्भावना देखिएकाले स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइएको बताइन् । उनका अनुसार गाउँपालिकाको समन्वयमा सम्बन्धित वडामा उपभोक्ता समिति गठन गरी बाढी प्रभावित स्थानीयवासीलाई नै परिचालन गरेर पशुपन्छीका अवशेष व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । पशु सेवा विभागले गत भदौ १० गतेको बाढीपछि जारी गरेको पशु अवशेष व्यवस्थापनसम्बन्धी निर्देशिकालाई प्राविधिक आधार बनाएर काम भइरहेको अधिकारीले बताइन् । अवशेष भेटिएका स्थानबाट संकलन गरी खनिएका खाल्डामा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने तथा अवशेष भेटिएको स्थान र व्यवस्थापन गरिएको ठाउँमा चुन र निःसंक्रमण औषधि प्रयोग गर्ने योजना रहेको उनको भनाइ छ । पशुपन्छीका अवशेषको उचित व्यवस्थापनले जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने अधिकारीले बताइन् । पशु, मानव र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले बाढीपछि मरेका पशुपन्छीको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्न आवश्यक रहेको उनले स्पष्ट पारिन् । परियोजनाले अवशेष व्यवस्थापनसँगै बाढी प्रभावित स्थानीयवासीलाई अस्थायी रोजगारीसमेत उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट प्रभावित परिवारलाई केही समयका लागि आयआर्जनको अवसर प्राप्त हुनुका साथै आफ्नै समुदायको पुनस्र्थापनामा योगदान पुग्ने अधिकारीको भनाइ छ । उनका अनुसार प्रत्येक उपभोक्ता समितिमा बढीमा ३० जना श्रमिक परिचालन गरिनेछ । उनीहरूले २५ दिनसम्म काम गर्न पाउनेछन् । यसअनुसार एउटा उपभोक्ता समितिमार्फत ७५० श्रमदिन बराबरको रोजगारी सिर्जना हुनेछ । त्यस्तै, बाढीले पुरिएका वा क्षति पु¥याएका खेतीयोग्य जमिन पुनः प्रयोग गर्न सकिने अवस्था भएमा त्यसको पुनस्र्थापना गरिनेछ । सिँचाइ कुलो तथा खानेपानीका संरचनामा क्षति पुगेको भए स्थानीय उपभोक्ता समितिले आवश्यकताको पहिचान गरी प्राथमिकताका आधारमा पुनस्र्थापनाका काम अघि बढाउनेछन् । स्थानीयवासीलाई आफ्नो क्षेत्रको क्षति र आवश्यकताबारे बढी जानकारी हुने भएकाले उपभोक्ता समितिमार्फत नै कामको पहिचान र निर्णय गरिने अधिकारीले बताइन् । हाल उत्तरगया गाउँपालिका–५ मा परियोजनाको काम सुरु भएको छ । वडा नम्बर ५ मा पहिलो दिन नै पशुपन्छीका अवशेष भेटिएका स्थानको पहिचान गरी तिनलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम अघि बढाइएको छ । यसैबीच, उत्तरगया गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार बाढीका कारण ६० वटा गाई, पाँचवटा गोरु, ६१ वटा भैँसी, एक हजार २१९ वटा बाख्रा, २८ वटा हाँस, १४१ वटा बङ्गुर र एउटा खरायोमा क्षति पुगेको छ । अधिकारीका अनुसार परियोजनाको कुल कार्यअवधि ४५ दिन रहेको छ । त्यसमध्ये २५ दिन श्रमिक परिचालन गरी पशुपन्छीका अवशेष व्यवस्थापन, खेतीयोग्य जमिन पुनस्र्थापना तथा खानेपानी र सिँचाइका संरचना मर्मत तथा पुनस्र्थापनाका काम गरिनेछ । स्थानीय आवश्यकताको पहिचानका आधारमा परियोजनाले तोकेका उद्देश्यभित्र रहेर काम सञ्चालन गरिने छ । यसैगरी, स्थानीय सन्तोष आचार्यले बाढीपहिरो प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको र अझै पनि प्रभावित स्थानमा मानवीय अवशेषका रूपमा हड्डीहरू भेटिने गरेको बताए । भेटिएका अवशेष संकलन गर्ने, उचित व्यवस्थापन गरी विसर्जन गर्ने तथा पुरिएका स्थानमा खोजी गर्ने काम सुरु भएको उनको भनाइ छ । यद्यपि, यो काम केही ढिलो गरी सुरु भएको उनले टिप्पणी गरे । उनका अनुसार वडा नम्बर ५ मा मात्रै करिब पाँचदेखि सात सय घरधुरीमा क्षति पुगेको छ । प्रभावित क्षेत्रको तल्लो भेगमा एउटै क्षेत्रमा करिब दुई सय घरधुरी क्षतिग्रस्त भएका छन् । विशेषगरी भूकम्पपछि अन्यत्रबाट विस्थापित भएर आएर बसेका परिवारको घरसमेत पूर्ण रूपमा क्षति भएको उनले बताए । आचार्यले बाढीपहिरोले घर तथा भौतिक संरचनामा मात्रै नभई स्थानीयको मुख्य आम्दानीको स्रोतसमेत समाप्त पारेको बताए । उनका अनुसार उक्त क्षेत्र पहिले कृषि उत्पादनका हिसाबले निकै उर्वर थियो । किसानले वर्षमा तीनदेखि चार बालीसम्म लगाउने गर्थे। विशेषगरी आलु उत्पादनका लागि प्रसिद्ध उक्त क्षेत्रबाट ठूलो परिमाणमा आलु बजारसम्म बिक्रीका लागि पठाइने गरेको थियो । तर अहिले खेतीयोग्य जमिन गेग्रान र ढुङ्गामाटोले पुरिएर बगरमा परिणत भएको छ । खेत कहाँ थियो र कुन जमिन कसको हो भन्ने पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ । उनले भने, ‘पहिले यही क्षेत्र मुख्य बेँसी फाँट थियो । यहाँ तरकारी, आलु, धानलगायत विभिन्न बाली उत्पादन हुन्थे। वर्षमा तीनदेखि चार बालीसम्म लगाउन सकिन्थ्यो । किसानले यही जमिनबाट राम्रो आम्दानी गरेर जीविकोपार्जन गर्दै आएका थिए । अहिले सबै जमिन बगरमा परिणत भएको छ । किसानको आम्दानी शून्यमा झरेको छ ।’ बाढीपहिरोपछि स्थानीयको आवतजावतमा भने केही सहजता आएको भए पनि उत्पादन र जीविकोपार्जनका लागि आवश्यक आधार नै समाप्त भएको उनले बताए । पहिले उक्त क्षेत्रबाट त्रिशूली पारि पुग्नसमेत पाँचदेखि सात घण्टासम्म लाग्ने गरेको उल्लेख गर्दै अहिले आवतजावत केही सहज भए पनि खेती गर्ने जमिन नहुँदा स्थानीयको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । आचार्यले प्रभावित किसानलाई राहत दिन सरकारले तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । विशेषगरी पुरिएका खेतीयोग्य जमिनको नापी, नक्साङ्कन गरी जग्गाको पहिचान र सीमाङ्कन गर्नुपर्ने उनको माग छ । त्यसपछि डोजर लगाएर गेग्रान हटाउने तथा खेती गर्न मिल्ने जमिन पुनः निर्माण गर्न सके किसानले पुनः जीविकोपार्जनको आधार पाउने उनले बताए । उनले भने, ‘पहिला सरकारले वा सम्बन्धित संघसंस्थाले किसानको जग्गा छुट्याउने, नापी नक्सा गर्ने र बाँकी रहेको जमिन पहिचान गर्ने काम गर्नुपर्छ । त्यसपछि डोजर लगाएर खेतीयोग्य जमिन बनाउन सके किसानले फेरि आफ्नो पेसा गर्न पाउँथे । अहिले त बगरबाहेक केही छैन । खाने र बाँच्ने विकल्पसमेत छैन ।’ उनका अनुसार अहिले किसान तत्कालीन राहतको अवस्थामा मात्रै सीमित नभई आफ्नो उत्पादनको आधार पुनःस्थापना हुने आशामा छन् । त्यसका लागि सरकार, सम्बन्धित निकाय तथा विभिन्न संघसंस्थाले समन्वय गरेर पुनःस्थापना र कृषि जमिन पुनर्निर्माणमा पहल गर्न आवश्यक छ । बाढीपहिरोले घर, खेत र सम्पत्ति गुमाएका स्थानीयका लागि अबको मुख्य चुनौती जीविकोपार्जनको आधार पुनःस्थापना गर्नु रहेको आचार्यले बताए । किसानले फेरि आफ्नै जमिनमा खेती गरेर खान सक्ने वातावरण निर्माण गर्न सके मात्रै प्रभावित समुदायले वास्तविक राहत महसुस गर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?
OthersJust now

मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?

प्युर्टो रिकोकी जेनिफर ब्यारेेटोले ‘मिस युनिभर्स २०२६’को ताज जितेकी छिन् । सान जुआनमा आयोजित ७५औँ संस्करणमा जेनिफरले विश्वभरबाट आएका १ सय १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेकी हुन् । डोमिनिकन रिपब्लिककी प्रतियोगी फस्ट रनरअप बनिन् भने भेनेजुएलाकी प्रतियोगी तेस्रो स्थानमा रहिन् । को हुन् जेनिफर ब्यारेेटो ? मिस युनिभर्सको ताज जितेकी जेनिफरको परिचय… ...

अनलाइन खबर
बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्
OthersJust now

बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्

९ मंसिर, काठमाडौं । व्यावसायिक उत्पादनको संघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजना जब भोटेकोशीको प्रलयकारी बाढीको चपेटामा पर्‍यो, त्यसले एउटा आयोजनालाई मात्र होइन, समग्र निजी ऊर्जा क्षेत्रको मनोबललाई नै नराम्ररी झक्झक्यायो । निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनः निर्माणको सुरुवाती विन्दुमा फर्कनुपर्दा सुरुमा ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छायो । तर,… ...

अनलाइन खबर
१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ
OthersJust now

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ । बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले कानुन बनाइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको… ...

अनलाइन खबर
१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन
OthersJust now

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक २४ गतेदेखि बिदा भएपछि १५ दिनयता प्रदेश प्रमुखविहीन बनेको हो । संघीय सरकारले अझै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement