Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो । घटनापछि दुवै विमानलाई आआफ्नो पार्किङ गेटमा फर्काइएको थियो । अमेरिकन एयरलाइन्सले दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि सेवाबाट हटाइएको जनाएको छ । सीबीएस न्युजलाई दिएको वक्तव्यमा एयरलाइन्सले भनेको छ, ‘दुवै विमानलाई आआफ्नो गेटमा फर्काइएको छ र हाम्रो मर्मतसम्भार टोलीबाट निरीक्षण गर्न सेवाबाट हटाइएको छ ।’ एफएए र अमेरिकन एयरलाइन्सले घटनामा कसैलाई चोटपटक नलागेको पुष्टि गरेका छन् । मेट्रोपोलिटन वासिङ्टन एयरपोट्र्स अथोरिटीका अनुसार विमान एकआपसमा ठोक्किएपछि अग्नि नियन्त्रण तथा उद्धार टोली घटनास्थल पुगेको थियो । तर, उक्त घटनाले विमानस्थलका अन्य उडान सञ्चालनमा कुनै अवरोध सिर्जना नगरेको प्राधिकरणले जनाएको छ । फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए । घटनापछि दुवै उडानका यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पुर्‍याउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ । न्युयोर्क पोस्टका अनुसार घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्नेछ । अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप बढिरहेका बेला विमानस्थलहरूमा उडानसम्बन्धी अवरोधका घटना भइरहेका छन् । यसअघि नोभेम्बर २६ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फेडएक्सको कार्गो विमान धावनमार्गबाट बाहिरिएको थियो । मेम्फिसबाट उडेको म्याकडोनल डगलस एमडी–११ विमान (फ्लाइट ९१०) अवतरणका क्रममा रनवे २६आरबाट बाहिरिएपछि विमानस्थलका केही धावनमार्ग बन्द गर्नुपरेको थियो । घटनापछि मियामी–डेड अग्नि तथा उद्धार टोली परिचालन गरिएको थियो । उक्त घटनामा पनि कसैलाई चोटपटक लागेको थिएन । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति
Latest NewsJust now

तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति

काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। मंसिर ११ गते काठमाडौंको सिद्धार्थ कटेज, धोबीघाटमा सम्पन्न अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रञ्जन, सचिवमा उमिता साह र कोषाध्यक्षमा यज्ञप्रसाद गौतम चयन भएका छन्। त्यस्तै सदस्यमा डा. कुमार खत्री, डा. ...

टक्सार
साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार
Latest NewsJust now

साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य बढेको छ । यो साता गत साताको तुलनामा यो साता सेयर बजार करिब ७ अंक बढेर बन्द भएको हो । गत साता २६२१.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ०.२६ प्रतिशत अर्थात ६.८८ अंक बढेर २६२८.१७ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा ३ ...

कर्पोरट खबर
ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन, रूपातालसहित गण्डकीका ताल संरक्षणमा चासो
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन, रूपातालसहित गण्डकीका ताल संरक्षणमा चासो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे पनि जानकारी लिएका छन् । ...

कान्तिपुर
इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम
Latest NewsJust now

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

जुम्ला । नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement