Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए । जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो । दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो । कथंकथाचित भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने भएको छ । शिवाकोटी भित्र जाँदा कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो । प्रहरीले कानून व्यवसायीलाई नभइ उजुरी मात्र परेकाले दुवै पक्षलाई सँगसँगै राखेर सहमति निकाल्ने अहम् भूमिका खेलेको थियो । शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन् । सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि त्यसबारेमासमेत लेखेका थिए । तर खड्का भने साइबर ब्युरोमा उजुरी दिन पुगेका थिए । शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए । शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् । यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए । त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए । यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन । यद्यपि चाडबाडमा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएपछि उनी सहजै गएर आफ्नो नैतिकवान नेताको भूमिका देखाउन सफल भए । The post उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थ्री नट थ्री राइफलको गोलीसहित १ जना पक्राउ
Latest NewsJust now

थ्री नट थ्री राइफलको गोलीसहित १ जना पक्राउ

काठमाण्डु – थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित १ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान […] ...

काठमाण्डुपाटी
इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट
Latest NewsJust now

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासका बीच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन्त्रण गरेका... ...

रातोपाटी
लक्ष्मीपूजाको साँझ झिलिमिली उपत्यका (फोटोफिचर)
Latest NewsJust now

लक्ष्मीपूजाको साँझ झिलिमिली उपत्यका (फोटोफिचर)

काठमाडौँ, कात्तिक २२ गते । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली... ...

गोरखापत्र
झिलिमिली काठमाडौं
Latest NewsJust now

झिलिमिली काठमाडौं

तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play