उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह

काठमाडौं । अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ । विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ । विभागले पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । विभागले भनेको छ- ‘कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ ।’ त्यस्तै, सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति पनि जारी नहुने जानकारी विभागले गराएको छ । ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई पनि सूचनाको पालना गर्न आग्रह गरिएको छ । The post उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि... ...

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए
काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्यमा... ...

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ । कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले... ...

१२ बजे १२ समाचार : सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आन्दोलन चर्काउने तयारी छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन... ...


