काठमाडौं। काठमाडौं जिल्ला अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। बिहीबार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई उनीहरूमाथि थप एक साता अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। ईनम सापकोटासँगको सम्बन्ध देखिएपछि श्रेष्ठ र भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महेश श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् भने सुशील भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन्। प्रहरीका अनुसार ईनम सापकोटाविरुद्ध राष्ट्र बैङ्क ऐन २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ। यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको छ। ईनम सापकोटा यसअघि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्बन्ध देखिएपछि पक्राउ परेका थिए।
ईनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on नेपालन्युज






