Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इस्लामिक स्टेटमा आबद्ध ८ फ्रान्सेलीलाई इराकमा आजीवन कारावास

Share:WhatsAppFacebookX (Twitter)Telegram
इस्लामिक स्टेटमा आबद्ध ८ फ्रान्सेलीलाई इराकमा आजीवन कारावास
Photo / Coverage: विश्वखबर

काठमाडौं– इस्लामिक स्टेट (आईएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ । अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगित गरिएको छ । सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन् । यसअघि अदालतले अन्य १५ जनालाई आजीवन र एक जनालाई १५ वर्ष कैद सजाय सुनाइसकेको छ । फैसला स्थगित गरिएका व्यक्तिमध्ये सन् २०१६ को निस आक्रमणमा संलग्न आक्रमणकारीलाई आइएसको समर्थन रहेको दाबी गर्ने एड्रियन गुइहाल पनि छन् । उक्त आक्रमणमा बास्टिल दिवस मनाइरहेका सर्वसाधारणको भीडमा ट्रक चलाउँदा ८६ जनाको मृत्यु भएको थियो । त्यस्तै, सिरिया गएका थोमस कोलान्ज र आइएसको प्रचार भिडियोमा देखिएका क्वेन्टिन ले ब्रुनको फैसला पनि स्थगित भएको छ । आइएसको रेडियो सञ्चालनमा काम गरेका रोमेन गार्नियरलाई भने आजीवन कारावास सुनाइएको छ । सुनुवाइका क्रममा अधिकांश प्रतिवादीले आइएसमा आबद्ध भएको स्वीकार गर्दै पछुतो व्यक्त गरेका थिए । केहीले फ्रान्स फर्कन पाउनुपर्ने मागसमेत गरेका थिए । गुइहालले आफू परिवर्तन भएको र समूहका गतिविधि त्यागेको दाबी गर्नुभएको थियो । कोलान्जले श्रीमती र छोराछोरीलाई समेत सिरिया लगेकोमा पछुतो व्यक्त गरेका थिए । फ्रान्सले जिहादीका परिवारका सयौँ सदस्यलाई स्वदेश फर्काए पनि आइएसमा संलग्न भएको आरोप लागेका अधिकांश पुरुषलाई फिर्ता लैजान अस्वीकार गर्दै आएको छ । प्रतिवादीहरूले आफूहरू सिरिया गएको भए पनि इराकमा मुद्दा चलाइनुको कारणबारे प्रश्न उठाएका थिए । तर, इराकले इराक वा सिरियामा समूहका लागि काम गरेको भए पनि आफ्नो आतङ्कवादविरोधी कानूनअन्तर्गत कारबाही गरिरहेको छ । आईएसले सन् २०१४ मा इराक र सिरियामा नरसंहार गर्नुका साथै महिला तथा बालिकालाई यौन दासत्वमा बाध्य पारेको थियो । युरोपलगायत विभिन्न क्षेत्रबाट हजारौँ व्यक्ति उक्त समूहमा आबद्ध हुन पुगेका थिए । अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको सहयोगमा इराकले सन् २०१७ मा आइएसलाई पराजित गरेको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि अमेरिकी समर्थन प्राप्त कुर्दिश नेतृत्वको सेनाले सिरियामा पनि उक्त समूहलाई परास्त गरेको थियो । यद्यपि, सामूहिक चिहान र आइएसका अत्याचारसम्बन्धी प्रमाणको अनुसन्धान अझै जारी छ । इराकले गत फेब्रुअरीमा सिरियाका कुर्दिश जेलबाट ६० भन्दा बढी देशका पाँच हजार ७०० भन्दा बढी आइएस कैदीलाई आफ्नो नियन्त्रणमा ल्याएको थियो । ती कैदीमाथिको सुनुवाइ आइतबार सिरियाली नागरिकसम्बन्धी पहिलो मुद्दाबाट सुरु भएको हो । इराकी अदालतहरूले विदेशी लडाकूसहित आतङ्कवादसम्बन्धी अपराधमा दोषी ठहरिएकाहरूलाई विगतमा सयौँ आजीवन कारावास र मृत्युदण्डको सजाय सुनाएका छन् । तर, केही मानवअधिकारवादी संस्थाले मुद्दाको सुनुवाइ हतारमा गरिएको र निष्पक्ष न्यायिक प्रक्रियाको अभाव रहेको भन्दै आलोचना गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन
Latest NewsJust now

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै आज उनले जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ पनि […] ...

मकालु खबर
हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार
Latest NewsJust now

हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार

वासुदेव शर्माजाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा सुत्केरी आमा र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नलगाड नगरपालिका –१२ की २३ बर्षीया बिमला रावल र नवजात शिशुलाई हेलिकोप... ...

गोरखापत्र
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ, मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको आरोप कृषिमन्त्री गिता चौधरी आफैं स्कुटर चलाएर अनुगमनमा गइन्, उनी स्कुटर आफैं चलाउँदै र स्कुटरको पछाडि पीएसओलाई राखेर मासु पसलमा गरेकी हुन् छड्के अनुगमन १४ वर्षीया सुत्केरी बालिकामाथि जबरजस्ती करणी गर्ने उनका ससुरा र कुटपिट गर्ने श्रीमान पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै भारततर्फ खसीबोका निर्यात बढ्यो भन्दै मासु व्यवसायीले आपत्ति जनाए, स्वदेशी बजारमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement