इशान पाण्डे लण्डन इयर केयरको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिकरूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि पाण्डेले खुसी व्यक्त गर्दै आफूलाई यो अवस्थामा पुग्न सहयोग गर्ने क्यान र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लण्डन इयर केयरलाई धन्यवाद दिनुभयो । लण्डन इयर केयर बेलायतको लण्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो । यसले कानको जाँच, कानमा जमेको मैन हटाउने, श्रवण परीक्षण तथा श्रवण सहायक उपकरण उपलब्ध गराउँदै आएको छ । संस्थाका निर्देशक खकुरेल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ । उहाँले सन् २०१६ मा लर्ड्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् २०१८ मा नेपाल, नेदरल्याण्ड्स र एमसिसीबीच भएको त्रिकोणात्मक टी-२० शृंखलाको व्यवस्थापन तथा समन्वयमा पनि उहाँले भूमिका निर्वाह गर्नुभएको थियो । खकुरेलले बेलायतमा रहेका नेपाली क्रिकेट टोली तथा खेलाडीलाई सहयोग गर्दै नेपाल र बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आउनुभएको छ । उहाँले सन् २०२४ मा ‘नेपाल-ब्रिटेन मिडिया पर्सनालिटी अफ द इयर’ सम्मानसमेत प्राप्त गर्नुभएको थियो ।पाण्डेसँगको सहकार्यले लण्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का
पेरिस । फ्रान्समा शनिबार लगातार तेस्रो सातासमेत प्रदर्शन हुने भएपछि सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हेलोविन पर्वसमेत परेकाले प्रदर्शनका क्रममा हिंसा भड्किन सक्ने आशङ्कामा पसल तथा व्यावसायिक... ...

स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर विवाद हुँदा बारामा प्रहरीले गोली चलायो, एक जना घाइते
वीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएको मधेस प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँपालिका... ...

वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने
काठमाडौं । निरन्तर वर्षाका कारण १९औँ गोदावरी फूलको प्रदर्शनी आज (शनिबार) बन्द गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आजका लागि प्रदर्शनी बन्द गर्नुपरेको जनाएको छ। फ्यानका अनुसार आज बेलुकासम्मको मौसमको अवस्था हेरेर भोलिदेखि पूर्वनिर्धारित समयअनुसार नै प्रदर्शनी सञ्चालन गर्ने निर्णय गरिनेछ। प्रदर्शनीको संयोजकले वर्षाका कारण पर्न गएको असुविधाप्रति पुष्प व्यवसायी, सदस्य तथा पुष्पप्रेमीहरूसँग क्षमा माग्दै मौसममा सुधार ...

आज एनपीएलका २ खेल हुनुपर्ने त्रिवि क्रिकेट मैदानको हालत (तस्बिरहरू)
अर्नब चक्रवातको प्रभावले लगातार वर्षा भएपछि अहिले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पानीले भरिएको छ। मैदान जलमग्न भएपछि आज हुने भनिएको एनपीएलका दुई खेल नहुने सम्भावना बढेको छ। ...


