Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीको गगनचुम्बी भवनमा पुनः आक्रमण, नेपालीसहित ११ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीको गगनचुम्बी भवनमा पुनः आक्रमण, नेपालीसहित ११ जना घाइते
Photo / Coverage: विश्वखबर

काठमाडौं– साउदी अरबको राजधानी रियादस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवनमा इरान समर्थित हुथी विद्रोही हुथी विद्रोहीले पुनः आक्रमण गरेका छन् । मंगलबार भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् । साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी आक्रमण’ भन्दै निन्दा गरेको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमण रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)मा रहेको ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरलाई लक्षित गरी गरिएको थियो । उक्त भवन साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालयसमेत हो । यो भवनमा केही दिनअघि पनि आक्रमण भएको थियो। गत बिहीबार भएको आक्रमणबाट भवनका केही तलामा क्षति पुगेको थियो । त्यसको मर्मत भइरहेको अवस्थामा मंगलबार पुनः आक्रमण भएको हो । साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको पुष्टि गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार घाइते हुनेमा भारतीय, नेपाली र इजिप्टका नागरिकसहित साउदी नागरिक पनि छन् । समाचार संस्था एएफपीका अनुसार घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर छ । उनीहरू आक्रमणका क्रममा लागेको आगोबाट जलेर गम्भीर घाइते भएका हुन् । साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल मल्कीले सामाजिक सञ्जालमार्फत वित्तीय केन्द्रमा रहेको एउटा टावरलाई लक्षित गरी ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ गरिएको बताएका छन् । उनले घटनास्थलको निरीक्षण भइरहेको जानकारी पनि दिएका छन् । आक्रमणपछि सुरक्षा निकायले वित्तीय क्षेत्रका केही प्रवेशद्वार बन्द गरेका थिए । प्रहरीले सडक अवरुद्ध गरी सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको थियो । घटनाका बेला आसपासका क्षेत्रमा रहेका मानिसलाई सुरक्षित स्थानमा जान चेतावनीसमेत दिइएको थियो । साउदीका महत्वपूर्ण संरचना निशानामा इरान समर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका सैन्य, नागरिक तथा तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन् । यसअघि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पटक–पटक आक्रमण भएको थियो । अक्टोबरमा भएको एउटा आक्रमणमा १४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । विमानस्थलमा भएको आक्रमणपछि दुई सातासम्म उडान सेवा प्रभावित भएको थियो । त्यस्तै, यसै महिना केएएफडीस्थित साउदी सरकारी तेल कम्पनी अराम्कोको एउटा टावर पनि आक्रमणको निशानामा परेको थियो । पीआईएफ टावरमाथिको आक्रमणलाई साउदी अरबको आर्थिक महत्वाकांक्षामाथिको प्रतीकात्मक प्रहारका रूपमा हेरिएको छ । तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने साउदी सरकारको योजनामा उक्त कोषले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हुथीले आक्रमणको जिम्मेवारी लिएको छैन गत साता भएको पीआईएफ टावरमाथिको आक्रमणको जिम्मेवारी हुथी विद्रोहीले लिएका थिए । तर मंगलबारको पछिल्लो आक्रमणबारे भने उनीहरूले अहिलेसम्म जिम्मेवारी लिएको घोषणा गरेका छैनन् । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथी विद्रोहीका अखडालाई लक्षित गरी जवाफी कारबाही गर्दै आएको छ । मंगलबार यमनको लाहिज प्रान्तमा गठबन्धनले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसैबीच बेलायतले हुथी समूह र उसका चार वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । समूहको सम्पत्ति रोक्का गर्ने तथा चार अधिकारीको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ । साउदी नेतृत्वको गठबन्धन सन् २०१५ को सुरुदेखि यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा युद्धमा संलग्न छ । हुथी विद्रोहीले राजधानी सानासहितका क्षेत्र नियन्त्रणमा लिएपछि सुरु भएको युद्धले लाखौँ मानिसको ज्यान लिएको र गम्भीर मानवीय संकट निम्त्याएको थियो । सन् २०२२ मा युद्धविराम भए पनि पछिल्लो समय पुनः हिंसात्मक गतिविधि बढ्दै गएको छ । यसले क्षेत्रीय सुरक्षा र साउदी अरबको आर्थिक गतिविधिमा थप चुनौती सिर्जना गरेको छ । –सीएनएनए

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?
Latest NewsJust now

हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने तया।रीमा छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । बंगलादेशमा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का […] ...

काठमाण्डुपाटी
भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ
Latest NewsJust now

भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२–२३ मा सम्पन्न भारतको दुई दिने राजकीय भ्रमणलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना देखाएको छ । केही महत्त्वपूर्ण... ...

रातोपाटी
मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल
Latest NewsJust now

मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा परेका छन् । उनले आफ्नो अप्ठ्यारोको विषयमा मंगलबार सत्ता सहयात्री दल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement