Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

इरानसँग अझै कति बाँकी छन् मिसाइल ? अमेरिकी गुप्तचर निकायको यस्तो छ अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानसँग अझै कति बाँकी छन् मिसाइल ? अमेरिकी गुप्तचर निकायको यस्तो छ अनुमान
Photo / Coverage: विश्वखबर

काठमाडौं– अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० सम्म मिसाइल रहेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो रिपोर्ट प्रकाशित गरेको हो । रिपोर्टअनुसार इरानसँग रहेका यी मिसाइलले पूर्णस्तरको युद्ध पुनः सुरु भएको अवस्थामा अमेरिका र उसका सहयोगी राष्ट्रका सैन्य अखडाहरूमा आक्रमण गर्न सक्ने पर्याप्त क्षमता राख्छन् । अमेरिकी अधिकारीहरूले इरानसँग रहेका मिसाइलको वास्तविक संख्या यकिन गर्न कठिन रहेको बताएका छन् । मिसाइलहरूको निगरानी गर्न र तिनको वास्तविक अवस्था पत्ता लगाउन चुनौतीपूर्ण रहेकाले यकिन तथ्यांक निकाल्न नसकिएको उनीहरूको भनाइ छ । इरानसँग रहेका मिसाइलमध्ये कति आक्रमणका लागि तयारी अवस्थामा छन् र कति भण्डारणमा छन् भन्ने विषयमा पनि अमेरिकी अनुमान पूर्ण विश्वसनीय नरहेको अधिकारीहरूले बताएका छन् । यद्यपि उनीहरूको निष्कर्षमा इरानसँग अझै ठूलो संख्यामा मिसाइलको भण्डार बाँकी छ । यसैबीच इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरान अब न युद्ध न शान्तिको अनिश्चित अवस्थामा बसिरहन नसक्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानका सातवटा जायज सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने बताएका छन् । उनले भनेका छन्, ‘हामी न युद्धको अवस्थामा न शान्तिको अनिश्चिततामा बसिरहनेछौँ । अमेरिकाले हाम्रा सातवटा उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला हुनेछ । तर अमेरिकाले फेरि अर्को गल्ती गरेमा युद्धभूमिको स्वरूप इरानी सशस्त्र बलले निर्धारण गर्नेछन् ।’ त्यस्तै इरानले अमेरिकासँग आणविक कार्यक्रमका विषयमा कुनै पनि वार्ता नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग सम्भावित सम्झौताका क्रममा युरेनियम सम्बर्ध्दन अस्थायी रूपमा रोक्ने वा यसको स्तर घटाउने विषयमा छलफल भइरहेको छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै त्यस्तो कुनै कुराकानी नभएको बताएका हुन् । ‘होइन, हामी अहिले त्यस्तो चरणमा पुगेकै छैनौँ । यस अवधिमा आणविक मुद्दासँग सम्बन्धित विषयमा कुनै विस्तृत छलफल भएको छैन’, उनले भने । उनले अमेरिकालाई आफ्नो भूमिमा सैन्य आक्रमण गर्न सहयोग गरेको भन्दै क्षेत्रीय राष्ट्रहरूमाथि आरोप पनि लगाएका छन् । बघाईले यस विषयमा प्रमाणहरू संकलन गरिएको र कूटनीतिक माध्यमबाट सम्बन्धित राष्ट्रहरूको ध्यानाकर्षण गराइसकिएको बताए । उनका अनुसार अमेरिकी सेनालाई सहयोग पुर्‍याउन क्षेत्रका केही राष्ट्रले आफ्नो भूमिमा रहेका सैन्य अखडाबाट मिसाइल, ड्रोन तथा विमान सञ्चालन गर्न दिएको र अन्य सैन्य तथा रसदसम्बन्धी सहयोग उपलब्ध गराएको प्रमाण इरानसँग छ । ‘इरानमाथि अमेरिकाले गरेको आक्रमणमा क्षेत्रीय राष्ट्रहरूको भूमिका रहेको देखाउने सबै घटनाको अभिलेखीकरण गरिएको छ । हामी यस विषयलाई गम्भीरतापूर्वक अघि बढाउनेछौँ’, बघाईले पत्रकार सम्मेलनमा भने । उनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणबाट उत्पन्न हुने परिणामका लागि सहयोग गर्ने क्षेत्रीय राष्ट्रहरू पनि जिम्मेवार हुने दाबी गरे । आफ्ना छिमेकी राष्ट्रहरूमा इरानले गरेको आक्रमणको बचाउ गर्दै बघाईले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अनुसार आत्मरक्षाको अधिकार प्रयोग गरिएको बताएका छन् । उनले इरानले ती राष्ट्रहरूको सार्वभौमिकतामाथि कुनै आक्रमण नगरेको दाबी गर्दै आफ्ना आक्रमणहरू पूर्ण रूपमा रक्षात्मक प्रकृतिका रहेको बताए। उनका अनुसार इरानले अमेरिका र इजरायलको आक्रमणमा प्रयोग भइरहेका अमेरिकी सैन्य अखडा तथा सैन्य संरचनालाई मात्र निशाना बनाएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?
Latest NewsJust now

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता स्टन्टले फिल्मलाई फाइदाभन्दा घाटा पुग्ने गरेको... ...

रातोपाटी
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि […] ...

लोकपथ
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Latest NewsJust now

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट ...

नेपालन्युज
थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, ए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play