Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल
Photo / Coverage: नेपालन्युज

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि थप आक्रमणको सम्भावना कायमै छ।फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यसबारे महत्त्वपूर्ण बैठक भएका थिए। ट्रम्पले बिहीबार पत्रकारहरूसँग इरानको आणविक कार्यक्रम स्थायी रूपमा समाप्त गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्ने विषयमा अमेरिकाले चाँडै निर्णय गर्ने बताए। उनले सम्भव भएसम्म इरानको बाँकी भाग नष्ट गर्न नचाहेको तर आवश्यक परे त्यसो गर्नुपर्ने हुन सक्ने उल्लेख गरे। यसअघि ट्रम्पले इरानको बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए। इरानको पुनर्निर्माणमा २५ वर्ष लाग्न सक्ने उनको अनुमान छ। यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको भए पनि ह्वाइट हाउसको औपचारिक निर्देशन प्राप्त भइसकेको छैन। यसअघि अक्टोबर ८ मा ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका थिए। निर्वाचनपछि इन्धनको मूल्यवृद्धि र युद्धप्रति जनसमर्थन घटिरहेको अवस्थामा थप सैन्य कारबाहीले प्रशासनलाई राजनीतिक चुनौती दिन सक्ने देखिएको छ। यसैबीच, इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो देशको भूमि छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग गर्न नहुने बताएका छन्। उनले सबै राष्ट्रको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। इरानमाथि थप आक्रमण गर्ने वा वार्ताबाट द्वन्द्व समाधान गर्ने अमेरिकी निर्णयले हर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्ने देखिएको छ। –रासस /एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ
Latest NewsJust now

सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। सुदूरपश्चिमले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। शेरफेन रदरफोर्ड बाहिरिँदा थारिन्दु रत्नायके टोलीमा आएका छन्। ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट
Latest NewsJust now

राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्। उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो। राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा नेपाल... ...

रातोपाटी
कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो। एनपीएलमा अहिलेसम्म कर्णालीले सुदूरपश्चिमलाई हराउन सकेको छैन। एनपीएलको पहिलो सिजन सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले तथा दोस्रो सिजन ४५... ...

नेपालखबर
दैलेख प्रमुख जिल्ला अधिकारीविहीन
Latest NewsJust now

दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

दैलेख।दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा समेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ। जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play