Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

इभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
इभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच जना घाइते
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल,नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । The post इभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ घाइते
Latest NewsJust now

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ घाइते

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सहरका अधिकारीहरूका अनुसार बुधबार दिउँसो मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन भत्किएको हो। अग्नि नियन्त्रण विभागका अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते भएका १९ जनामध्ये दुई जनाको मृत्यु भएको छ। चार जनाको अवस्था गम्भीर र १२ जनाको अवस्था स्थिर ...

केन्द्रबिन्दु
प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड
Latest NewsJust now

प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

• परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि प्रभावकारी प्रारम्भिक चेतावनी प्रणालीको आवश्यकता औंल्याए। • उनले पहाडी र हिमाली क्षेत्रका समुदायका लागि प्रारम्भिक चेतावनी प्रणाली जीवन रक्षाको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। • जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play