Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।

सुडानको पोर्ट सुडानस्थित सवारीसाधन मर्मत केन्द्रमा इन्धन अभावका कारण उपकरण सञ्चालन, सवारीसाधन परीक्षण र पार्टपुर्जा ढुवानीमा समस्या देखिएको छ । उक्त मर्मत केन्द्रमा एक दर्जनभन्दा बढी कर्मचारीले सवारीसाधन तथा भारी उपकरण मर्मत गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर इन्धनको अनिश्चित आपूर्तिले उनीहरूको नियमित काम प्रभावित भएको छ ।

स्थानीय सवारी मर्मत केन्द्रका प्रमुख यासेर बुखारीका अनुसार उपकरण परीक्षणदेखि इन्जिन तथा अन्य पार्टपुर्जाको सफाइ र मर्मतसम्भारसम्मका लागि इन्धन आवश्यक पर्छ । इन्धन नहुँदा मर्मतसम्बन्धी काम नियमित रूपमा गर्न कठिन भएको उनले बताए ।

इन्धन अभावले विद्युत् आपूर्तिमा समेत थप दबाब सिर्जना गरेको छ । विद्युतमा निर्भर उपकरण प्रयोग गर्ने उद्योगहरू अनियमित विद्युत् आपूर्तिका कारण उत्पादन रोक्न बाध्य भएका छन् । विद्युत् कटौती हुँदा कारखानाका अधिकांश काम ठप्प हुने र उत्पादन प्रक्रिया पछाडि धकेलिने गरेको स्थानीय कामदार मोहम्मद सुलेमानले बताए ।

उनका अनुसार इन्धन अभावका कारण उद्योगहरूले कालोबजारबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था छ । महँगो इन्धन र अनियमित विद्युत् आपूर्तिले उत्पादन लागत बढाउनुका साथै उद्योग सञ्चालनमा कठिनाइ थपेको छ ।

इन्धन अभावको असर व्यापार क्षेत्रमा पनि परेको छ । सुडान इन्धनका लागि आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आन्तरिक बजारमा समेत लागत बढेको छ । इन्धनको मूल्य वृद्धिले वस्तु खरिद, ढुवानी र वितरण खर्च बढाएको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा परेको छ ।

स्थानीय व्यवसायी अब्दल्लाह हसनका अनुसार पछिल्लो तीन महिनामा फलफूलको मूल्य झण्डै चार गुणाले बढेको छ । इन्धनको मूल्य वृद्धिले सामान ढुवानी महँगो बनाएको र बजारमा वस्तुको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमता कमजोर भएको उनले बताए । वस्तुको मूल्य निरन्तर बढ्दा व्यापार सञ्चालन गर्नसमेत कठिन हुँदै गएको हसनको भनाइ छ । यसले इन्धन अभावको असर उत्पादन र उद्योगमा मात्र सीमित नरही आपूर्ति प्रणाली, बजार मूल्य र सर्वसाधारणको दैनिक जीवनसम्म पुगेको देखाएको छ । सीसीटीभी प्लस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२२ करोडको सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध तस्कर पक्राउ
Economy & BusinessJust now

२२ करोडको सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध तस्कर पक्राउ

काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य पर्ने साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्याण्डबाट काठमाडौं आएका तिघरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनी कात्तिक २८ गते थाइल्याण्ड हुँदै काठमाडौं आइ… ...

आर्थिक न्यूज
इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित
Economy & BusinessJust now

इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र ...

अर्थडबली
पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट हिमशृङ्खलाको दृश्यावलोकन
Economy & BusinessJust now

पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट हिमशृङ्खलाको दृश्यावलोकन

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो । मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकि… ...

आर्थिक न्यूज
जनकपुर र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु हुँदै, बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने
Economy & BusinessJust now

जनकपुर र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु हुँदै, बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच प्रत्यक्ष रेल सेवा सञ्चालन हुने भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play