Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) को प्लेअफअन्तर्गत पहिलो चरणको खेलमा लियोनल मेसीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोल अन्तरले पराजित भएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बस क्रुले इन्टर मियामीलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाएको हो । जितसँगै कोलम्बसले प्लेअफको पहिलो खेलमा महत्त्वपूर्ण अग्रता बनाएको छ । खेलको नवौँ मिनेटमा गोन्जालो तापियाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको इन्टर मियामीलाई खेलको ३६औँ मिनेटमा अर्को ठूलो धक्का लाग्यो । उसका डिफेन्डर गोन्जालो लुहान दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा संख्यात्मक लाभ उठाएको कोलम्बसले लगातार दुई गोल थप्यो । खेलको ५२औँ मिनेटमा ताहा हाब्रोनले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको छ मिनेटपछि नै तापियाले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बसलाई ३–० को सहज अवस्थामा पुर्‍याए । खेलमा लियोनल मेसी र लुइस स्वारेजसहित मैदानमा उत्रिएको इन्टर मियामीले गोल फर्काउन सकेन । घरेलु मैदानमा पराजित भएपछि साविक विजेता इन्टर मियामीको उपाधि रक्षा अभियानमा दबाब बढेको छ । यस जितसँगै कोलम्बस क्रुले तीन खेलको प्लेअफ सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको छ । अब अर्को खेल नोभेम्बर २७ मा कोलम्बसको घरेलु मैदानमा हुनेछ । उक्त खेलमा जित निकाल्दै कोलम्बसले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन सक्छ भने इन्टर मियामीका लागि सिरिजमा फर्कन जित्नैपर्ने दबाब हुनेछ । The post इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा महँगियो प्याज, कुन तरकारीको मूल्य कति?
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज, कुन तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहितका केही तरकारीको भाउ बढेको छ। तर, भन्टासहित कतिपय तरकारी भने थोरै सस्तिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ।... ...

नेपालखबर
पहिलो अमेरिकी राष्ट्रपति वासिङ्टनको कपालको एक झुप्पा ४ हजार डलरमा बिक्री
Latest NewsJust now

पहिलो अमेरिकी राष्ट्रपति वासिङ्टनको कपालको एक झुप्पा ४ हजार डलरमा बिक्री

फ्रेममा सुरक्षित राखिएको ऐतिहासिक कपालका खरिदकर्ताको नाम सार्वजनिक गरिएको छैन, जबकि अन्य नमुना यसअघि अझ महँगोमा बिक्री भएका थिए। ...

कान्तिपुर
भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड
Latest NewsJust now

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ । १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनलाई जोड दिएको छ । नेपाल भौगर्भिक... ...

रातोपाटी
‘प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक बन्नेछ’
Latest NewsJust now

‘प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक बन्नेछ’

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर ६ गते । संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि (राजदुत) भएर काम गर्नुभएका कुटनीतिज्ञ प्राडा. जयराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको आसन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play