Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान
Photo / Coverage: नेपालन्युज

काठमाडौं: इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ। चीनको हङकङमा मङ्सिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभाका लागि नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ गएको हो। प्रहरीका अनुसार महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीति निर्माणका प्रक्रियाका सम्बन्धमा छलफल हुनेछ। भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसैगरी, नेपाली टोलीले कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ। एआइजी शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशले शून्य लागतमा श्रमिक पठाउन थाल्यो, नेपालमा मलेसिया रोजगारी ठप्प
Latest NewsJust now

बंगलादेशले शून्य लागतमा श्रमिक पठाउन थाल्यो, नेपालमा मलेसिया रोजगारी ठप्प

काठमाडौँ । बंगलादेशले आफ्ना नागरिकलाई कुनै पनि आर्थिक भार नपर्ने गरी वैदेशिक रोजगारीमा पठाउने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको पहिलो चरणमा ११२ जना श्रमिक मलेसिया पुगेका छन्। तर, नेपालमा भने मलेसिया... ...

रातोपाटी
कांग्रेसको सभापति अझै मै हुँ: शेरबहादुर देउवा
Latest NewsJust now

कांग्रेसको सभापति अझै मै हुँ: शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको वैधानिक सभापति आफू भएको उल्लेख गर्दै आधिकारिकता विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।  आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार, दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे। &l... ...

नेपालखबर
भोकै राखेर हटाउने दबाब, फकाएर बस्ती खाली गराउने सरकारी रणनीति
Latest NewsJust now

भोकै राखेर हटाउने दबाब, फकाएर बस्ती खाली गराउने सरकारी रणनीति

काठमाडौँ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको गेटबाहिर शनिबार बिहान देखिएको दृश्यले सरकारको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ । शुक्रबारदेखि आश्रयस्थलभित्रको खाना बन्द गरिएपछि र शनिबार बिहान अभियन्ताहरूले बाहिरबाट... ...

रातोपाटी
गोप्य सूचना चुहावटमा संलग्न पूर्व तथा बहालवाला प्रहरीलाई कारबाही गर्ने चेतावनी
Latest NewsJust now

गोप्य सूचना चुहावटमा संलग्न पूर्व तथा बहालवाला प्रहरीलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ। अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन, सहयोग वा सहजीकरण भएको पाइएमा विभागीय तथा कानुनी कारबाही गरिने नेपाल प्रहरीले चेतावनी दिएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement