Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल–इन्जिनियर्स विद्आउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ। त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको थियो। आईजात्रा शीर्षकका भएको उक्त कार्यक्रममा विद्यार्थीलाई आफ्ना सीप प्रदर्शनको अवसर पनि दिइएको थियो। विद्यार्थीहरूद्वारा विकसित नवीन उत्पादन तथा सिर्जनाहरू समेटिएका १४ ओटा प्रदर्शनी कक्ष पनि समावेश गरिएका थिए । श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको प्रदर्शनीमा कृत्रिम बौद्धिकताको प्रयोग गरी तयार गरिएका कथा पुस्तकका डिजाइन, स्थानीयस्तरमा खेर गइरहेका ओखरबाट तयार गरिएको छालाको स्क्रब पाउडर तथा स्थानीय जडीबुटी र कृषिउपजका लागि नवीन प्याकेजिङ र ब्रान्डिङका नमूनाहरू आकर्षणका रूपमा प्रस्तुत भएका थिए । कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनराज शर्माले विद्यालयमा यस्तो महत्वपूर्ण अवसर सिर्जना गरेकामा इडब्ल्युबी नेपाल तथा त्यसका साझेदार संस्थाहरूप्रति आभार व्यक्त गरे। इडब्ल्युबी नेपालका अध्यक्ष कपिलदेव रेग्मीले सामुदायिक विद्यालयहरूमा नवप्रवर्तन एवं सिर्जनशीलताको महत्वबारे मन्तव्य व्यक्त गर्दै परम्परागत कक्षाकोठाभन्दा बाहिर गएर विद्यार्थीहरूलाई प्राविधिकको प्रयोग गर्न, नवीन सोच विकास गर्न, समस्या समाधानका उपाय खोज्न तथा आफ्ना विचारलाई व्यावहारिक उत्पादनमा रूपान्तरण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उक्त कार्यक्रम ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सहयोगमा सञ्चालन गरिएको इडब्ल्युबी नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस The post इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने
TechnologyJust now

अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने

डिपसिक, जेड डट एआई र मुनसट एआई जस्ता चिनियाँ एआई प्रयोगशालाहरू आफ्नो क्षमतामा आफ्ना अमेरिकी प्रतिद्वन्द्वीहरूसँग नजिक हुँदै गइरहेका छन्, तर एनभिडिया काण्डको नतिजाले उनीहरूको प्रगतिलाई सुस्त बनाउन सक्छ। विज्ञहरूले भनेका छन् कि कडा अमेरिकी प्रतिबन्धहरूले छोटो अवधिमा चिप्समा तिनिहरुको पहुँचलाई रोकिरहेको छ, जसले बेइजिङको आफ्नै अत्याधुनिक अर्धचालकहरूको विकासलाई तीव्र पार्ने प्रयासलाई प्रोत्साहन दिन्छ। – वासिङ्टनले कसरी कारबाही गरिरहेको छ? – अमेरिकी सरकारले ...

टेक्नोलोजी खबर
१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म
TechnologyJust now

१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म

काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दाका लागि १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन आह्वान गर्दै केही दिन अघि १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले मंसिर २१ गतेभित्र कार्यालय समयमा सामाजिक विकास शाखामा निवेदन पेस गर्न सक्नेछन्। तालिममा सहभागी हुन चाहने व्यक्तिले निवेदनसँगै नेपाली नागरिकताको ...

टेक्नोलोजी खबर
इरानले अमेरिकी सेनामाथिका आक्रमणहरूमा इलन मस्कको ‘स्टारलिंक’ प्रयोग गरेको वासिङ्टन पोस्टको रिपोर्ट
TechnologyJust now

इरानले अमेरिकी सेनामाथिका आक्रमणहरूमा इलन मस्कको ‘स्टारलिंक’ प्रयोग गरेको वासिङ्टन पोस्टको रिपोर्ट

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि, इरानले अमेरिकी सेनामाथिका आक्रमणहरूमा स्पेसएक्सको ‘स्टारलिंक’ स्याटेलाइट इन्टरनेट सेवाको प्रयोग गरेको वासिङ्टन पोस्टले शनिबार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। कम्पनीभित्रका छलफलहरूबारे जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त समाचारमा भनिएको छ, स्टारलिंकको अनधिकृत प्रयोगका दुई घटनाबारे थाहा पाएपछि स्पेसएक्सका सीईओ इलन मस्क निकै आक्रोशित भए। उनका अनुसार, यी घटनाहरू अमेरिकी सेना विरुद्ध इरानले गरेका प्रयासहरूसँग सम्बन्धित ...

टेक्नोलोजी खबर
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
TechnologyJust now

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

काठमाडौं । एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।कम्पनीका अनुसार, यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement