काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इनम सापकोटा र उनीजस्ता बिचौलियासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्ट पारेका छन्। बुधबार शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले आफूले कसैलाई पनि पैसा नदिएको दाबी गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले १८ करोड रुपैयाँ दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको थापाले बताए। उनले भने, ‘तपाईंहरूलाई लाग्न सक्छ, मेरो सभापतिले पैसा खुवायो कि भन्ने। तर म स्पष्ट भन्न चाहन्छु, मैले कसैलाई पैसा खुवाएको छैन।’ सापकोटाबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै उनले आफूले उनलाई नदेखेको र नचिनेको बताए। ‘मैले इनाम सापकोटा र यस्ता बिचौलिया कसैलाई देखेको पनि छैन, चिनेको पनि छैन। मेरो मेमोरीमा इनामको बारेमा केही थाहा छैन,’ थापाले भने। त्यस्तै, थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आफूले कुनै भेटघाट वा संवाद नगरेको पनि बैठकमा जानकारी गराए। विशेष महाधिवेशनपछि जबरासँग आफ्नो भेट नभएको उनको भनाइ थियो।
इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा

Read Complete Original Article
Published originally on नेपालन्युज






