काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नदेखिएको र थप रहस्यपूर्ण देखिएको बताएका हुन् । उनले इनम सापकोटा प्रकरणमा राज्यको अस्वभावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे । पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आतंकित बनाउन खाेजेको र प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आएको बताए । लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनले आरोप लगाए । महासचिव पोखरेलले दलको नेता भएपनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका बैठकमा नजाने र राजनीतिक दलहरूसँग संवाद नगर्ने परिदृश्य देखिएको धारणा राखे ।
इनम सापकोटा प्रकरण रहस्यपूर्ण देखिएको छ -शंकर पोखरेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



_jngkj3r13m_7PHWnhfPpk.jpg)


