Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री शिवाकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री शिवाकोटी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अदालतमा विचाराधीन मुद्धामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् । इनमको बयान भनी बाहिर आएको अडियो सुनेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शिवाकोटीले सरकारले जानीजानी इनमको अडियोलाई बनाबटीरूपमा बाहिर ल्याएको आरोप लगाएका छन् । उनले कांग्रेस सभापति गगनकुमार थापालाई जोडेर अडियोमा छेँडखानी गरिएकोसमेत बताएका छन् । उनले लेखेका छन्, ‘सरकारले आफ्नो एसेट कसलाई कतिखेर कहाँ प्रयोग गर्छ उसको कुरा हो। तर नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई रक्षात्मक बनाउन बाहिर ल्याइएको कन्टेन्ट पूरा छेडखानी गरिएको रहेछ। आफूलाई यो कुरा चाहियो भनेपछि रेकर्ड गर्न लगाएर बाहिर ल्याइएको अडियो पुरै सुन्दा पनि प्रष्ट हुन्छ।’ सहमहामन्त्री शिवाकोटीले देश चाडबाड मनाउन व्यस्त रहँदा सरकारी प्रोपोगण्डा टीली इनम सापकोटाको बयान भन्दै विपक्षी आवाज थुन्ने गृहकार्यमा लागेको आरोप लगाएका छन् । उनले उक्त अडियो भने विभिन्न टुक्रा जोडेर तयार गरिएको स्पष्टै थाहा हुने दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यसमा बिचौलियाको भूमिकामा सरकारले प्रयोग गरेको इनम सापकोटाको टुक्रा टुक्रा जोडेर सिङ्गो जस्तो बनाइएको अडियोको क्वालिटी र त्यसको लय सुन्दा पनि थाहा हुन्छ। प्रहरी हिरासतमा रहँदा रेकर्ड गरिएको बयान (अडियो समेत) अदालतले समेत प्रमाण मान्दैन। दशैंको बेलामा अरु चाडबाड मनाउन व्यस्त रहँदा सरकारी प्रोपोगण्डा टोली सापकोटाको बयान भन्दै विपक्षी आवाज थुन्ने जुन गृहकार्यमा लागेको पाइयो तर त्यो पनि गुणस्तरीय निर्देशकको हातमा नपरेको पुष्टि भयो।’ शिवाकोटीले प्रहरी कहाँ भएको व्यक्तिको बयान अदालतले प्रमाण नमान्ने भन्दै सरकारले आफूमाथि प्रश्न गर्नेहरूलाई तह लगाउन भनेर छनोटपूर्ण तरिकाले बाहिर ल्याएकोसमेत ठोकुवा गरेका छन् । उनले लेखेका छन्, ‘अनि प्रहरी कहाँ भएको व्यक्तिको बयान अदालतले त प्रमाण मान्दैन भने त्यसमाथि सरकारले आफूमाथि प्रश्न गर्नेहरुलाई तह लाउन भनेर यसरी सेलेक्टिभ स्वरूपमा बाहिर ल्याएको कुरा सामान्य कमनसेन्स भएको व्यक्तिले समेत पत्याउँदैन भन्ने सरकारी प्रोपोगण्डा मेसिनरीले बुझ्दा राम्रो।’ The post इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री शिवाकोटी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठुलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि... ...

रातोपाटी
हकदाबी गर्न कोही नआएपछि सवारी साधन भन्सारमा बुझाइयो
Latest NewsJust now

हकदाबी गर्न कोही नआएपछि सवारी साधन भन्सारमा बुझाइयो

दिपक गौतम वीरगञ्ज (पर्सा), कार्तिक १६ गते । पर्सा प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको दुई वटा चारपाङ्ग्रे सवारी साधन हकदाबी गर्न कोहि नआएपछि प्रहरीले उक्त सवारी साधनलाई भन्सारमा... ...

गोरखापत्र
[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...
Latest NewsJust now

[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...

राष्ट्रिय सभाले नागरिकता विधेयक अस्वीकृत गरेपछि प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएको थियो । एमालेसहित पाँच विपक्षी दलले सदन बहिष्कार गरे पनि कांग्रेस नेतृत्वको सरकारले बहुमतबाट विधेयक पारित गराएको थियो । ...

कान्तिपुर
इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी
Latest NewsJust now

इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ । आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार ती ड्रोनहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play