इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

इनड्राइभले ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले यो क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन्। क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ। उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ। काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरूले यस क्याम्पेनमा सहभागी हुन सक्नेछन्। चार हप्ते क्याम्पेनअन्तर्गत इनड्राइभले ड्राइभर पार्टनर्सहरूलाई बम्पर उपहारसहित विभिन्न साप्ताहिक पुरस्कार प्रदान गर्नेछ। बम्पर उपहारः– १ जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल साप्ताहिक पुरस्कारहरूः– ४ जनालाई याडिया इलेक्ट्रिक स्कुटर– १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ ५जी स्मार्टफोन– २० जनालाई एयर फ्रायर– २०० जनालाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर– ८०० जनालाई प्रति व्यक्ति १० लिटर इन्धन बराबरको भौचर यस क्याम्पेनबारे बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘हाम्रा ड्राइभर पार्टनर्सहरूको निरन्तर मेहनत, समर्पण र योगदानको कदर गर्दै पारदर्शी र आकर्षक तरिकाले सम्मान गर्ने उद्देश्यले हामीले ‘प्लाटिनम गिभअवे’ क्याम्पेन ल्याएका हौं। यस क्याम्पेनमार्फत धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सहरूले पुरस्कार जित्ने थप अवसर प्राप्त गर्नुहुनेछ। यसले हाम्रो मोबिलिटी इकोसिस्टममा उहाँहरूले पुर्याउँदै आउनुभएको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ।’ The post इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्षको आग्रह
काठमाडौं । नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको विकासका लागि लगानी, आधुनिक प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्य गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा ट्रेड सो २०२६ मा सहभागी हुन क्यानडा पुगेका अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजना निर्माण, बाँध ...

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’ मार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न सक्ने भएका छन् ।यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् ।यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम ...

भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै
११ कात्तिक, काठमाडौं। भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट भएको क्षतिबारे कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिए । […] The post भोटेकोशी र ...

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी
११ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ । टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले […] The post भारत–पाकिस्तान युद्ध ...


