Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कन्टेन्ट क्रियसन केवल भ्युज र लाइक पाउनुमा मात्र सीमित छैन । नेपालमा डिजिटल प्लेटफर्मको प्रभाव विस्तार हुँदै जाँदा सूचनाको विश्वसनीयता, कन्टेन्ट क्रियटरको सामग्रीले समाजमा पार्ने प्रभावका कारण उनीहरूको नैतिक जिम्मेवारी प्रमुख चासोको विषय बनेका छन् । सोही विषय सम्बोधन गर्न ललितपुरमा ३ नोभेम्बर २०२६ मा ‘टेकपाना कनेक्ट २०२६’ आयोजना भएको थियो । युनेस्कोसँगको सहकार्यमा टेकपानाले आयोजना गरेको एकदिने कार्यशालामा देशभरका ५० जना कन्टेन्ट क्रियटर भेला भएका थिए । आयोजकका अनुसार कार्यशालामा मिडिया तथा सूचना साक्षरता छलफलको केन्द्रमा रहेको थियो । जसअन्तर्गत भ्रामक सूचना कसरी पहिचान गर्ने, तथ्य जाँच कसरी गर्ने र के प्रकाशन गर्ने भन्नेबारे निर्णय कसरी लिने भन्नेबारेमा छलफल भएको थियो । कार्यशालाले सामाजिक सञ्जालमा राखिएका भ्रामक र अनैतिक सूचनाबीचमा तथ्य र नैतिकतामा आधारित रहेको कन्टेन्ट क्रियसनका लागि सीप र क्षमता विकास गर्नमा केन्द्रित थियो । ५० जना सहभागीले उल्लेखित प्रश्नमा आ-आफ्ना किसिमका दृष्टिकोण प्रस्तुत गरेका थिए । टेकपाना र युनेस्कोले नेपालभरका कन्टेन्ट क्रियटरबाट प्राप्त सयौँ आवेदनबाट उनीहरूको सामग्री, कार्यक्षेत्र र सामाजिक विविधतालाई ध्यानमा राखेर सहभागीहरू छनोट गरेका थिए । टेकपानाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय तिमल्सिनाका अनुसार क्रियटरको जिम्मेवारी सामाजिक सञ्जालमा आउने भ्युजभन्दा ठूलो छ । क्रियटरले सामग्री तयार पार्दै गर्दा आफ्नो कामको समाजमा पार्ने प्रभाव, त्यसले मानिसहरूमा पार्ने असर, कानुनी आवश्यकता र नैतिक जिम्मेवारीलाई पनि ध्यानमा राख्नुपर्छ । नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले सहभागीहरूलाई भन्नुभयो, ‘कन्टेन्ट क्रियटरका रूपमा तपाईंहरू सांस्कृतिक परम्पराको अभिलेखीकरण गर्नुहुन्छ । समुदायका चासो उजागर गर्नुहुन्छ र दैनिक जीवनमा असर पार्ने मुद्दा स्पष्ट पार्नुहुन्छ । तपाईंहरूले के सेयर गर्नुहुन्छ, कसका कथा सुनाउनुहुन्छ र दर्शकलाई आफूसँग कसरी जोड्नुहुन्छ भन्ने कुराले थप सुसूचित, समावेशी र भरपर्दो डिजिटल वातावरण निर्माण गर्न मद्दत पुर्‍याउँछ ।’ तथ्य र भ्रामक सूचनाबीचको भिन्नता छुट्याउनु कार्यशालाको मुख्य विषय थियो । जसलाई ‘फ्याक्ट अर फेक ?’ मार्फत् अन्तरक्रिया गर्दै तथ्य जाँचको व्यावहारिकरूपमा अभ्यास गरिएको थियो । सूचना साक्षरता व्यवहारमा उतार्न टेकपानाका तथ्य जाँचकर्ता तथा अनुसन्धानकर्ताहरू हिक्मत आचार्य र रञ्जिता उप्रेतीले सहभागीसँग मिलेर ‘द ट्रुथ ल्याब’ मार्फत् अनलाइनमा भ्रामक सूचना पहिचान गर्ने र यसको तथ्यजाँच गर्ने प्रक्रियामा काम गर्नुभएको थियो । छलफलको अन्त्यमा सबै ५० जना सहभागीले सकारात्मक, सत्यमा आधारित र नैतिक सामग्री निर्माण तथा सेयर गर्ने प्रतिज्ञा गर्दै इथिकल कन्टेन्ट क्रियटरसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उल्लेखित प्रतिबद्धताले नेपालमा ग्लोबल मिडिया एण्ड इन्फर्मेसन लिटरेसी (एमआइएल) विक मनाउनुको उद्देश्य प्रतिबिम्बित गर्ने आयोजकको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहले गरे सभापति लामिछानेसँग ‘द्वन्द्व’ चलिरहेको संकेत
Latest NewsJust now

प्रधानमन्त्री शाहले गरे सभापति लामिछानेसँग ‘द्वन्द्व’ चलिरहेको संकेत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच ‘द्वन्द्व’ चलिरहेको संकेत गरेका छन्। बुधबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर त्यसको औचित्य सरकारले पुष्टी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। ‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि ...

केन्द्रबिन्दु
काँग्रेसले भन्यो, ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ’
Latest NewsJust now

काँग्रेसले भन्यो, ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ’

काठमाडौं। नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ। काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको बताए। राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास भइरहेको ...

लुम्बिनी सञ्चार
प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

का संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । समितिको आजको बैठकमा प्रस्तावित चार न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ । शुक्रबार बिहान ...

नेपालन्युज
फूलैफूलको मौसम तिमीलाई...
Latest NewsJust now

फूलैफूलको मौसम तिमीलाई...

गण्डकी, कात्तिक २० गते । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरू फूल हेरेर मग्न द... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play