इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण रहनेछन् । जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुनलागेको कन्सर्टलाई काठमाडौं बाहिर अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम विस्तार गर्ने प्रयासका रूपमा लिइएको छ । आयोजक जय मिडियाका जयराज रायले काठमाडौंमा मात्रै सीमित अन्तर्राष्ट्रियस्तरका कन्सर्ट देशका अन्य शहरमा पनि आयोजना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न इटहरीमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । सीमावर्ती भारतीय शहरहरू नजिक रहेकाले कन्सर्टमा भारतबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकको अपेक्षा छ । ‘कन्सर्टमा भारतबाट मात्रै आठदेखि १० हजार दर्शक आउने हाम्रो अपेक्षा छ,’ रायले भन्नुभयो । उहाँका अनुसार कन्सर्टले सांगीतिक मनोरञ्जनसँगै पूर्वी नेपालको पर्यटन प्रवर्द्धन, होटल व्यवसाय तथा स्थानीय व्यापारमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






