इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन

काठमाडौं । बढ्दो महँगी, ऊर्जा सङ्कटलगायतका विषयलाई लिएर शनिबार इटलीमा देशव्यापी प्रदर्शन हुने भएपछि सरकारले प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसा र झडप नियन्त्रण गर्न हजारौँ प्रहरी तथा सैनिक परिचालन गरिएका छन् भने निगरानीका लागि मानवरहित विमानसमेत प्रयोग गरिने भएको छ । युरोन्युजका अनुसार इटलीका रोम, मिलान, बोलोन्या, जेनोआ, टुरिन र फ्लोरेन्सलगायत सहरमा प्रदर्शनको तयारी गरिएको छ । देशभर जुलुस, धर्ना, सभा र हडतालसहित ३० भन्दा बढी कार्यक्रम तय भएका छन्। रोममा करिब १ हजार ५०० र मिलानमा करिब १ हजार ८०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । गत अक्टोबर १७ र १८ मा भएका प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । रोममा सार्वजनिक चोक, रेल्वे स्टेसनलगायतका स्थानमा सुरक्षा जाँच गरिनेछ। प्रहरीले सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि पनि निगरानी राखिरहेको छ । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्ला प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै सुरक्षाकर्मीप्रति समर्थन जनाएकी छन् । उनले प्रदर्शन गर्नु नागरिकको अधिकार भए पनि सहरमा आगजनी र तोडफोड गर्नु स्वीकार्य नहुने बताएकी छन् । मेलोनीले विपक्षी दलहरूलाई पनि हिंसात्मक घटनाको स्पष्ट रूपमा विरोध गर्न र शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गर्न आग्रह गरेकी छन् । सरकारले प्रदर्शनका क्रममा पुन: हिंसा भड्किन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ । The post इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम... ...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको... ...

दसैंमा हरिण जात्रा : आस्था, संस्कृति र सद्भावको अनुपम सङ्गम
प्रकाशविक्रम शाह धनगढी, कात्तिक ७ गते । दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा एउटा अनौठो र मौलिक परम्पराको हरिण जात्रा सुरु भएको छ । यो जात्रा दसैँको पूर्णिमासम्म मनाइने गरिन्... ...

एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् । उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको ...


