Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि नजिकका अस्पतालमा उपचार गरिएको छ । सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ । त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । घटनाको आधिकारिक कारणबारे भने अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निरन्तर प्रयास अपरिहार्य
Latest NewsJust now

निरन्तर प्रयास अपरिहार्य

कपितय विश्व प्रयास निर्धारित समयमा निष्कर्षमा पुग्दैनन् । कुनै प्रयासले निर्धारित समयमा सार्थकता पाउन नसके पनि निरन्तर पहलले लक्ष्यमा पुग्न सकिन्छ । टर्किएको अन्ताल्यामा सम्पन्न सं... ...

गोरखापत्र
अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो
Latest NewsJust now

अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो

काठमाडौं । यान्त्रिक बौद्धिकता (एआई)सँग सम्बन्धित ठूला प्रविधि कम्पनीहरूको सेयर मूल्यमा बुधबार पनि गिरावट आएको छ । सुरुवाती कारोबारमा एनभिडिया र एन्थ्रोपिकको सेयरमा तीव्र गिरावट आएको हो । अमेरिकी सेयर बजारका तीनवटै प्रमुख सूचकांक ओरालो लाग्दा प्रविधि क्षेत्रको बाहुल्यता रहेको नास्डाक झण्डै चार प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । लगानीकर्ताहरू एआईको दिगोपनबारे सशंकित सेयर बजारमा गिरावट आएको विश्लेषण भइरहेको ...

केन्द्रबिन्दु
राष्ट्रिय खेलकुदमा आज आठ खेलमा प्रतिस्पर्धा हुँदै
Latest NewsJust now

राष्ट्रिय खेलकुदमा आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ, जिम्न्यास्टिक र पुरुष क्रिकेटका खेल सञ्चालन हुन लागेका हुन् । आज वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन् । दुवै खेल बिहान ९ बजे सुरु हुने तालिका छ । यस्तै, सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका खेल ...

विश्वखबर
स्वनिर्भर अर्थतन्त्रको जग
Latest NewsJust now

स्वनिर्भर अर्थतन्त्रको जग

नेपालको सार्वजनिक खरिद प्रक्रियामा हरेक वर्ष अर्बौं रुपियाँ आयातित सामग्री, सेवा र प्रविधिका माध्यमबाट बिदेसिने गरेको छ । विकासनिर्माणका नाममा बाह्य मुलुकमा निर्भर रहनुपर्ने विडम्ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement