इजरायलमा ६६ प्रतिशत मतगणना हुँदा नेतान्याहुको गठबन्धनलाई ५६ सिट

काठमाडौँ । इजरायलमा ६६.२ प्रतिशत मतपेटिकाको गणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले ५६ सिट पाउने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । टाइम्स अफ इजरायलका अनुसार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार गादी आइजेनकोट नेतृत्वको यशार गठबन्धनले ४८ सिट पाउने देखिएको छ । नेतान्याहुको विरोधमा रहेका अरब राजनीतिक दलहरूले भने १६ सिट पाउने देखिएको छ । इजरायलको १२० सदस्यीय संसद्मा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ । प्रारम्भिक नतिजाअनुसार कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गरेको छैन । यसैबीच, केही दलले संसद्मा प्रतिनिधित्वका लागि आवश्यक ३.२५ प्रतिशत मतको सीमा पार गर्न सकेका छैनन् । रिजर्भिस्ट्सले २.७ प्रतिशत, पिपुल अफ इजरायलले १.६ प्रतिशत र चारेदी पब्लिकले ०.२ प्रतिशत मत पाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा प्रारम्भिक रहेकाले मतगणना जारी रहँदा सिट सङ्ख्यामा परिवर्तन हुन सक्ने जनाएको छ । सैनिकसहित दोहोरो खाममा खसालिएका मतको गणना पछि गरिने भएकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने बताइएको छ । The post इजरायलमा ६६ प्रतिशत मतगणना हुँदा नेतान्याहुको गठबन्धनलाई ५६ सिट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
तिहारको फूल दशैँमा फुलेपछि [फोटोफिचर]
तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । ...

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको... ...

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट भएका हुन्। अनिलले अहिलेसम्म ३ विकेट लिएका... ...


