इजरायलको संसदीय निर्वाचनमा कसैको स्पष्ट बहुमत नआउने, नेतान्याहु र प्रमुख प्रतिद्वन्द्वी बहुमतभन्दा टाढा

काठमाडौँ । इजरायलको संसदीय निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न नसकेको प्रारम्भिक ‘एक्जिट पोलहरू’ले देखाएका छन् । हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रमुख प्रतिद्वन्द्वी तथा पूर्व सैनिक प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धन दुवै बहुमतभन्दा टाढा देखिएका छन् । सन् १९९९ पछिकै सबैभन्दा उच्च मतदान भएको भनिएको यस निर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अग्रस्थानमा रहे पनि सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्ने सम्भावना कमजोर देखिएको छ । इजरायली सञ्चारमाध्यम च्यानल १२ न्यूजका अनुसार नेतान्याहुको गठबन्धनले अघिल्लो संसदमा रहेको ६८ सिटबाट घटेर ५२ सिटमा सीमित हुन सक्छ । आइजेनकोट नेतृत्वको गठबन्धनले ४९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । निर्वाचनपछि अरब राजनीतिक दलहरूले भने खुशी व्यक्त गरेका छन् । एक्जिट पोलले उनीहरूको प्रतिनिधित्व अहिलेसम्मकै उच्च स्तरमा पुग्ने सङ्केत गरेपछि ती दलहरूले यसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । प्रारम्भिक नतिजाप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नेतान्याहुले आफ्नो दक्षिणपन्थी गठबन्धनलाई “जायोनिष्ट र यहुदी समुदायको निर्णायक बहुमतको समर्थन“ रहेको दाबी गरेका छन् । उनले अरब दलहरूलाई “जायोनिष्ट विरोधी“ भन्दै सरकार गठनका लागि उनीहरूसँग सहकार्य गर्ने सम्भावना अस्वीकार गरेका छन् । अन्तिम मतपरिणाम आगामी ४८ घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसपछि सरकार गठनका लागि गठबन्धन निर्माण प्रक्रिया सुरु हुनेछ, जसले केही दिनदेखि केही सातासम्म समय लिन सक्ने अनुमान गरिएको छ । स्पष्ट बहुमत नआएको अवस्थामा अल्पमत सरकार, राष्ट्रिय एकता सरकार वा पुनः निर्वाचनसम्मका विकल्पहरू खुला रहने विश्लेषण गरिएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

चक्रवात ‘अरनब’का कारण आन्ध्र प्रदेशमा तीव्र हावाहुरी र भारी वर्षा
भारतको आन्ध्र प्रदेशमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्। ...

एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि
काठमाडौं । इजरायलको संसद् (नेसेट) निर्वाचनमा एक चौथाइभन्दा बढी मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी अग्रस्थानमा देखिएको छ । इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार १६ लाखभन्दा बढी मतगणना भइसकेको छ । स्थानीय समय अनुसार राति २:४७ मा अद्यावधिक गरिएको विवरणमा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको अलजजिराले उल्लेख गरेको छ । आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशत मतसहित दोस्रो स्थानमा छ । ...

सँगै बसेर मदिरा पिए, मात चढेपछि बियरको बोतलले टाउकोमा हानेर हत्या
विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसइबीका कारण गुप्ताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ... ...

अस्थायी पैठारी अनुमतिका भारतीय सवारीसाधनबाट जोखिम
नवराज कट्टेल विराटनगर, कात्तिक ११ गते । भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौत... ...


