काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । सिटी ग्राउन्डमा प्राप्त जितपछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ भने सिटी आफै लगातारको खराव प्रदर्शनले संकटमा परेको छ । फरेस्टका लागि लियान डेलापले दुई गोल गरे । यस्तै अर्को गोल जइर कुन्हाले गरे । रायन सेर्कीले सिटीका लागि एक गोल फर्काए । यो नतिजापछि सिटी २१ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग छ अंकको दूरी हो । फरेस्ट भने नौ अंकमा १६ औं स्थानमा उक्लेको छ । शनिबारका अन्य खेलमा आर्सनलले हल सिटीलाई तथा लिड्स युनाइटेडले टोटनहमलाई समान १–० ले हरायो । फुलहम र न्युकासल युनाइटेडबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






