काठमाडौं । म्यानचेस्टर युनाइटेडले दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ४–४ को बराबरीमा रोकेको छ । यो नतिजाले केही समयका लागि प्रशिक्षक माइकल क्यारेकलाई वर्खास्ती हुनबाट रोक्न सक्नेछ । दोस्रो हाफको इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले युनाइटेड एक अंक बटुल्ल सफल रह्यो । तर अबको दुई साताको अन्तर्राष्ट्रिय विश्राममा युनाइटेड रेलिगेसन क्षेत्रमै रहनेछ । यो नतिजापछि युनाइटेडको आठ अंक भएको छ र १८ औं स्थानमा छ । भिल्ला भने १३ अंकमा दसौं स्थानमा छ । यसअघि आइतबारका अन्य खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई २–०, लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१, बर्नमाउथले इपस्विच टाउनलाई २–१ र सन्डरल्यान्डले चेल्सीलाई १–० ले हरायो ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रमै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






