Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ६ अंकको अग्रता

Share:WhatsAppFacebookX (Twitter)Telegram
इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ६ अंकको अग्रता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले हल सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । शनिबार इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले हल सिटीलाई १–० गोलले हराएको हो । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले खेलको ७२औँ मिनेटमा निर्णायक गोल गरे । नोनी माडुएकेको प्रहार हल सिटीका गोलकिपर कोन्स्टान्टिनोस जोलाकिसले बचाएपछि रिबाउन्डमा आएको बललाई ओडेगार्डले जाली चुमाएका थिए । खेलको अन्त्यतिर आर्सनलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि सफल हुन सकेन । माडुएकेको प्रहार गोलकिपर जोलाकिसले रोकेपछि बल हलका नोबेल मेन्डीलाई लागेर फर्किएको थियो । तर, ब्रुक नोर्टन–कफीले गोललाइनबाट बल क्लियर गर्दै थप गोल हुन दिएनन् । यो जितसँगै आर्सनलले लिगमा लगातार पाँचौँ जित निकालेको छ । सेप्टेम्बरमा ब्राइटनसँग ३–० ले पराजित भएयता आर्सनलले लिगमा अंक गुमाएको छैन । उक्त हार नै यस सिजन आर्सनलको अहिलेसम्मको एकमात्र अंक गुमाएको खेल हो । खेलमा आर्सनलले पहिलो हाफमै गोल गर्ने केही अवसर सिर्जना गरेको थियो । डेक्लान राइसको हेडर गोलकिपरले सहजै बचाएका थिए भने दोस्रो हाफमा माडुकेको प्रहार पनि विफल भएको थियो । पहिलो हाफमा काई हाभर्ट्जलाई पेनाल्टी क्षेत्रभित्र मेन्डीले जर्सी तानेर लडाएपछि आर्सनलले पेनाल्टीको माग गरेको थियो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सुझावमा रेफ्री फाराई हालमले भिडियो हेरे पनि हाभर्ट्ज अफसाइड अवस्थामा रहेकाले पेनाल्टी दिएनन् । यस जितसँगै आर्सनलको सबै प्रतियोगितामा घरेलु मैदानमा अपराजित यात्रा ११ खेल पुगेको छ । टोलीले ११ खेलमा नवौँ जितसमेत निकालेको छ । आर्सनलको उपाधि रक्षा अभियानलाई थप बल पुग्ने गरी अर्को खेलमा उपाधि प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी भने नटिङ्घम फरेस्टसँग ३–१ गोलले पराजित भएको छ । त्यससँगै आर्सनलले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Latest NewsJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ। सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने कानुनी ...

नेपालन्युज
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Latest NewsJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौं । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र […] ...

लोकपथ
सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
Latest NewsJust now

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक शनिबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार राति करिब ११ः५० बजे कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०२–०२५ प […] ...

लोकपथ
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने
Latest NewsJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play