Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आर्य ल्याब एनपिएलको स्वास्थ्य साझेदार

आर्य ल्याब एनपिएलको स्वास्थ्य साझेदार

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्य ल्याब एनपिएलको स्वास्थ्य साझेदार

काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्यको उद्देश्य क्रिकेटमार्फत् स्वास्थ्य सचेतना अभिवृद्धिका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको लक्ष्य छ । सहकार्यअन्तर्गत एनपिएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ । सोही क्रममा आर्यले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत् प्रत्येक खेलमा दुर्ई खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

'भी-बोन' बन्यो त्रियुगा गोल्ड कप २०८३ को 'अफिसियल चेयर पार्टनर'
ताजा खबरJust now

'भी-बोन' बन्यो त्रियुगा गोल्ड कप २०८३ को 'अफिसियल चेयर पार्टनर'

काठमाडौं । नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी (चेयर) उत्पादन तथा बजारीकरण गर्दै आएको प्रतिष्ठित ब्रान्ड 'भी-बोन' (V-BON) 'त्रियुगा गोल्ड कप २०८३' को अफिसियल चेयर पार्टनर बनेको छ। पूर्वको गौरवका रूपमा... ...

रातोपाटी
नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव हट्यो, अब मौसम सफा र घमाइलो हुने
ताजा खबरJust now

नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव हट्यो, अब मौसम सफा र घमाइलो हुने

काठमाडौं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा अधिकांश स्थानमा मौसम सफा र घमाइलो हुँदै जानेछ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षा […] ...

लोकपथ
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
ताजा खबरJust now

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले यो प्रक्रिया ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play