Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आर्मेनियाको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच कुटाकुट

आर्मेनियाको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच कुटाकुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्मेनियाको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच कुटाकुट

काठमाडौं । महिलाबारे गरिएको विवादास्पद टिप्पणीलाई लिएर आर्मेनियाको संसदमा सत्तारूढ दल र विपक्षी सांसदबीच कुटाकुट भएको छ । बिहीबार भएको विवाद हात हालाहालमा परिणत भएपछि संसद्को बैठक नै स्थगित गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ । सत्तारूढ दलका सांसद तारोन चखोयानले विपक्षी नेता नारेक कारापेटयनसँग महिलाबारे गरिएको टिप्पणीका लागि माफी माग्नुपर्ने बताएका थिए । उनले कारापेटयनका परिवारका सदस्यले विगतमा दिएको विवादास्पद अभिव्यक्तिको विषय उठाएपछि विपक्षी सांसदहरू आक्रोशित भएका थिए । विवादको जड विपक्षी नेताका भाइ सर्गिस कारापेटयनले पोडकास्टमा महिलाको यौन सन्तुष्टि र देशको घट्दो जन्मदरबारे दिएको अभिव्यक्ति थियो । उनले आफ्नो पार्टी सत्तामा आए कुनै पनि महिला यौन सन्तुष्टिबाट वञ्चित नहुने बताएका थिए । उक्त टिप्पणीलाई लिएर सत्तापक्षका सांसद चखोयानले महिलासँग माफी माग्नुपर्ने माग गरेका थिए । संसद्मा सुरु भएको भनाभन केहीबेरमै कुटाकुटमा परिणत भएको थियो । झडपका क्रममा एक सांसद भुइँमा लडेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए। घटनापछि संसद्को कार्यवाही रोकिएको थियो । The post आर्मेनियाको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच कुटाकुट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?
ताजा खबरJust now

साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको उच्च अधिकृतहरूको आकस्मिक बैठकमा समसामयिक विषयमा करिब साढे ५ घण्टा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बैठकमा पछिल्लो शान्ति सुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा ...

पर्दाफास
पाकिस्तानी मानव अधिकारकर्मीलाई १० वर्ष कैद
ताजा खबरJust now

पाकिस्तानी मानव अधिकारकर्मीलाई १० वर्ष कैद

काठमाडौँ । पाकिस्तानी अदालतले बिहीबार दुई प्रमुख मानवअधिकार वकिलहरूलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत १० वर्ष कैदको सजाय सुनाएको छ । यो मुद्दालाई मानवअधिकार समूहहरूले निन्दा गरेका छन् । इमान जैनाब मजारी–हजिर र उनका पति... ...

रातोपाटी
प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या
ताजा खबरJust now

प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या

विनय कर्णकल्याणपुर (सप्तरी), कात्तिक १२ गते । सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्द... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play