Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले
Photo / Coverage: टक्सार

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा मंगलबार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिए । करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उनको भनाइ छ । कर्मचारीको पारिश्रमीक वृद्धि हुँदा पनि करको भार कम हुनेगरी व्यवस्था गरिएको उनले बताए । पाँच लाख रूपैयाँको सीमालाई बढाएर १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए । भन्सार तथा अन्तःशुल्कलगायतका क्षेत्रमा पनि सुधार प्रक्रिया शुरु गरिएको बताउँदै अघिल्लो वर्ष बजेट तयारीका लागि चार हप्तामात्र समय उपलब्ध भएकाले पर्याप्त तयारी हुन नसकेको उनकाे भनाइ छ । उनले यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै तयारी गरेर थप नीतिगत सुधार अघि बढाइने जानकारी दिए । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई अझ फराकिलो र गहिरो बनाउने सरकारको योजना रहेको उनले बताए । पूर्वाधार सम्मेलनको सन्दर्भमा सरकारले ठूलो स्तरको समग्र कानुनी सुधार (ओम्निबस रिफर्म) अघि बढाइरहेको जानकारी दिँदै उनले यस क्रममा ५० देखि ६० वटा ऐनका करिव ५०० वटा दफा संशोधन गर्ने तयारी भइरहेको उल्लेख गरे । सरकारले अघि बढाएको सुधार प्रक्रिया निरन्तर जारी रहने उनको भनाइ थियो । भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइसकेको र सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम सार्वजनिक गरिएको उनले बताए । विगतमा विकृति र अनियमितताका कारण समस्याग्रस्त बनेको सेयर बजारलाई नियामकीय दायरामा ल्याएर दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको उनले उल्लेख गरे । समग्र अर्थतन्त्रलाई लक्षित गरी सरकारले आर्थिक प्याकेजमा पनि काम गरिरहेको उनले जानकारी दिए । आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुधार एकपटकको निर्णयबाट पूरा नहुने उल्लेख गर्दै उहाँले यसलाई निरन्तरको प्रयासका रूपमा लिनुपर्ने बताए । सुधारका क्रममा गल्ती हुन सक्ने, आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने वा अपेक्षित सुधार अपुग हुन सक्ने स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा आवश्यकताअनुसार नीतिगत परिमार्जन गर्दै जाने उनले स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आगामी आईपीएल नखेल्ने ट्राभिस हेडको निर्णय
Latest NewsJust now

आगामी आईपीएल नखेल्ने ट्राभिस हेडको निर्णय

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ मा सनराइजर्स हैदराबाद (एसआरएच) को चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’ अर्थात् ट्राभिस हेड र अभिषेक शर्माको साझेदारी देख्न पाइने छैन। अस्ट्रेलियाको व्यस्त अन्तर्राष्ट्रिय तालिकालाई मध्यनजर गर्दै... ...

रातोपाटी
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
Latest NewsJust now

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

सिङ्गापुर । चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ । नयाँ अमेरिकी नियमअनुसार ...

केन्द्रबिन्दु
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक सङ्घको बधाई
Latest NewsJust now

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक सङ्घको बधाई

काठमाडौँ, कात्तिक २८ गते । नेपाल बीमक सङ्घले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजनविक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। सङ्घका अध्यक्षसहित आबद... ...

गोरखापत्र
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान
Latest NewsJust now

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो। उपकुलपतिबाट नियुक्त हुने यस स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ। नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play