Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको बिहारको मोकामाका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह भव्य समारोहका बीच सम्पन्न भएको छ। नोभेम्बर २५ मा पटना जिल्लाको नदवाँस्थित पैतृक गाउँमा भएको विवाहमा लाखौँ मानिस सहभागी भएका थिए। राजनीतिक नेता, मन्त्री, सांसद, भोजपुरी तथा बलिउड कलाकार र गायकहरूको उपस्थितिले विवाह समारोह चर्चामा रह्यो। यही विवाहमा सहभागी हुन अनन्त सिंहलाई सर्वोच्च अदालतले दुलारचन्द यादव हत्या प्रकरणमा आत्मसमर्पण गर्न थप समय दिएको थियो। अब उनले डिसेम्बर ४ भित्र आत्मसमर्पण गर्नुपर्नेछ। विवाह समारोहमा केन्द्रीय मन्त्री तथा जनता दल युनाइटेडका नेता ललन सिंह, पूर्वसांसद बृजभूषण शरण सिंह, साधु यादव, बिहार विधानसभा अध्यक्ष प्रेमकुमार, रामकृपाल यादव र भाजपा सांसद विवेक ठाकुरलगायत राजनीतिक व्यक्तित्व सहभागी भएका थिए। त्यस्तै, अभिनेता सोनु सूद, रवि किशन, मनोज तिवारी, गायक उदित नारायण, पवन सिंह, अक्षरा सिंह, खेसारी लाल, मैथिली ठाकुर, गुन्जन सिंह र अभिनेत्री नीलम गिरी पनि समारोहमा पुगेका थिए। विवाहमा पाहुनाको भीड यति ठूलो थियो कि नदवाँ जाने सडकमा करिब १० किलोमिटरसम्म सवारी जाम भएको थियो। १५१ वटा गाडीको जन्ती पुगेको र पाहुनाहरू हेलिकोप्टर, कार, मोटरसाइकल, रेल, साइकल तथा पैदलसमेत विवाहस्थल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विवाहका लागि करिब पाँच लाख मानिसलाई भोज खुवाउने व्यवस्था गरिएको थियो। भोजमा १५० भन्दा बढी परिकार राखिएका थिए। समारोहमा अनन्त सिंहका जेलजीवनका पुराना साथीसमेत १० वटा राइफल र ५०० राउन्ड गोलीसहित पुगेका थिए। उनले अनन्त सिंहसँग जेलमा भेट भएपछि मित्रता गहिरिएको र अनन्तले आफूलाई जेलबाट बाहिर निस्कन सहयोग गरेको दाबी गरेका छन्। अनन्तका लागि आफू ज्यान दिनसमेत तयार रहेको बताएका उनले हतियार व्यक्तिगत सुरक्षाका लागि ल्याएको र विवाहमा गोली चलाउने उद्देश्य नरहेको बताएका थिए। विवाह भोजमा अत्यधिक भीड भएपछि खाना वितरणस्थलमा मानिसहरूबीच तँछाडमछाड भएको दृश्यसमेत सार्वजनिक भएको छ। खाना खाने पातका थाल हावामा फ्याँकिएको र मानिसहरूले ती थाल समात्न तथा लिन खोजेको भिडियो भाइरल भएको छ। घोडदौड प्रतियोगिता हेर्न पनि ठूलो संख्यामा मानिस जम्मा भएका थिए। भीड नियन्त्रण गर्न कठिन भएपछि प्रतियोगिताको अन्तिम चरण स्थगित गरी अर्को दिनका लागि सारिएको थियो। प्रतियोगितामा सहभागी घोडाहरूको दर्ता, स्वास्थ्य अवस्था र ढुवानी व्यवस्थाबारे भारतीय पशु कल्याण बोर्डले समेत निरीक्षण गर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको छ। छोरीको विवाहमा सहभागी हुन पाउने गरी अनन्त सिंहलाई सर्वोच्च अदालतले आत्मसमर्पणको समयसीमा थपेको थियो। दुलारचन्द यादव हत्या प्रकरणमा यसअघि पटना उच्च अदालतले दिएको जमानत सर्वोच्च अदालतले अक्टोबर ३० मा निलम्बन गर्दै उनलाई डिसेम्बर १ भित्र आत्मसमर्पण गर्न आदेश दिएको थियो। तर, छोरीको विवाह नोभेम्बर २५ मा रहेकाले थप समय माग गरिएको थियो। नोभेम्बर ५ मा सार्वजनिक भएको सर्वोच्च अदालतको लिखित आदेशमा आत्मसमर्पणको म्याद डिसेम्बर ४ सम्म उल्लेख गरिएको छ। सर्वोच्च अदालतले पटना उच्च अदालतले जमानत दिँदा अपराधको प्रकृति र अनन्त सिंहको आपराधिक पृष्ठभूमिलाई पर्याप्त ध्यान नदिएको ठहर गरेको थियो। दुलारचन्द यादवका नाति नीरजकुमारले उच्च अदालतको जमानत आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। राज्य सरकारले पनि अनन्त सिंहविरुद्ध हत्या, हत्या प्रयास, अपहरण, फिरौती असुली तथा हतियारसम्बन्धी कानुनअन्तर्गतका गम्भीर मुद्दाहरू रहेको विषय अदालतमा उठाएको थियो। सर्वोच्च अदालतले बिहार प्रहरी र अनुसन्धान अधिकृतलाई चार महिनाभित्र अनुसन्धान पूरा गरी पूरक आरोपपत्र पेस गर्न निर्देशन दिएको छ। त्यसपछि मुद्दामा पुनः सुनुवाइ हुनेछ। दुलारचन्द यादवको हत्या सन् २०२५ अक्टोबरमा बिहारको मोकामामा भएको थियो। उक्त घटनामा अनन्त सिंहमाथि हत्या योजनामा संलग्न रहेको आरोप छ। उनले भने अदालतको आदेशअनुसार आत्मसमर्पण गर्ने बताउँदै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले अवरुद्ध मुस्ताङको विद्युत् सेवा सुचारु
Latest NewsJust now

हावाहुरीले अवरुद्ध मुस्ताङको विद्युत् सेवा सुचारु

मुस्ताङ समाचारदातामुस्ताङ, मङ्सिर १० गते । हावाहुरीका कारण मङ्गलबार बिहानदेखि अवरुद्ध मुस्ताङको विद्युत् सेवा मर्मतपछि सुचारु भएको छ । तीव्र गतिमा चलेको हावाहुरीले बेनी–जोमसोम–कोरल... ...

गोरखापत्र
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना
Latest NewsJust now

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आज गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको ...

टक्सार
इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते
Latest NewsJust now

इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

इजिप्टको राजधानी कायरोमा बुधबार राति तेल ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ व्यक्ति घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इन्धन ट्यांकर सडकमा पल्टिएपछि आगलागी भएको थियो भने अन्य धेरै सवारीसाधन पनि जलेका छन्। तेल ट्यांकर अनियन्त्रित भएर पल्टिँदा ठुलो विस्फोट भयो र आगो फैलियो। जलिरहेका सवारीसाधनमा फसेका मानिसह... ...

नेपालखबर
आठ घण्टा काम गर्दा ठुला निर्माता हच्किने अक्षयको गुनासो
Latest NewsJust now

आठ घण्टा काम गर्दा ठुला निर्माता हच्किने अक्षयको गुनासो

मुम्बई । पहिली छोरी दुआको जन्मपछि दीपिका पादुकोणले आठ घण्टे कार्यतालिका मागेको चर्चा र त्यसै विषयको मतभेदका कारण निर्देशक सन्दीप रेड्डी वाङ्गाको प्रभास अभिनीत चलचित्र ‘स्पिरिट’ बाट बाहिरिएको घटनाले गत वर्ष... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement