Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको ओलीको दाबी, सुरक्षा संयन्त्रले साथ नदिएको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको ओलीको दाबी, सुरक्षा संयन्त्रले साथ नदिएको आरोप
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् । सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भएपनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका हुन् । उनले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गरे । उनले आफूलाई घटनाबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्रीका रूपमा रोकथाम गर्न नसकेको प्रसंग सुनाउँदै भने, “अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन, श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु अगाडिदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन । अघि सोध्नुभाथ्यो एउटा, कसरी थाहा भएन, अरू कसैले पनि सोध्नुभाथ्यो उहाँले सोध्नुभाथ्यो, कसरी थाहा भएन? अष्टमीका दिन एउटा बोको राख्या हुन्छ, त्यसलाई पर्सिन्छन्, खुकुरी पनि उसले देख्या हुन्छ, मार हान्न खोज्या पनि बुझ्या हुन्छ, गर्छ के त त्यसले? गर्छ के? थाहा पाएपछि गर्छ के? राज्य संयन्त्रले साथ नदिएपछि प्राइम मिनिस्टरले गर्छ के ?” ओलीले उक्त प्रसंगलाई आफ्नो व्यक्तिगत पद वा राजनीतिक भविष्यसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै यसलाई मुलुक र जनताको भविष्यसँग सम्बन्धित विषय भएको बताए । “म के भन्छु भने म एउटाको कुरो होइन, नेकपा एमालेको २–४ लाख सदस्यको कुरा होइन, यो नेपालको कुरो हो, ३ करोड जनताको कुरा हो, तिनका सन्ततिको कुरा हो, तिनको भविष्यको कुरा हो। एकछिनको कुरा होइन । र मैले मेरा लागि गर्नुपर्ने केही पनि होइन, म त मर्न तयार भएर हिँडेको मान्छे हुँ,” उनले भने । तर राज्यका कुन निकायले कुन सूचना दिएनन् वा कुन अवस्थामा सुरक्षा संयन्त्रले सहयोग गरेन भन्ने विषयमा उनले विस्तृत विवरण दिएनन् । उनको भनाइले सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाए पनि त्यसबारे सम्बन्धित निकायको औपचारिक धारणा र घटनाक्रमका अभिलेख आवश्यक पर्ने देखिन्छ । संसदीय प्रक्रियाबाट हटाइनु र हिंसात्मक गतिविधिबाट हटाइनु फरक ओलीले आफू प्रधानमन्त्रीबाट पटक–पटक हटाइएको उल्लेख गर्दै संसदीय प्रक्रियाबाट पदमुक्त हुनु र हिंसात्मक गतिविधिबाट हटाइनु फरक विषय भएको बताए । संसदीय प्रक्रियाबाट सरकार परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भएपनि हुल्लडबाजी, हातपात र आगजनीबाट सत्ता परिवर्तन गर्नु लोकतान्त्रिक विधि नभएको उनको भनाइ थियो । उनले भने, “म पटक–पटक अपदस्त गरिएको छु । कहिले संसदीय प्रक्रियाबाट, त्यो जायज हो। पाइन्छ त्यो मजाले गर्न पाइन्छ । कहिले हुल्लडबाजीबाट, हातपात लातपात आगजनीबाट, यो लोकतान्त्रिक अभ्यास होइन। त्यसर्थ, यो लोकतान्त्रिक अभ्यास नभएको हुनाले त्यो क्रियाकलापलाई स्वीकार गरेर सकिँदैन । कालान्तरमा त्यो पचेर जाला, त्यो एक ठाउँमा छ। तर पनि के हो भने त्यतिबेला जे काम भयो त्यो ठीक थिएन। त्यो ठीक थिएन ।” उनले निर्वाचनमा पराजित हुनु र हिंसात्मक गतिविधिबाट सत्ता गुमाउनु एउटै नभएको पनि स्पष्ट पारे । “बहुदलीय प्रणाली र आवधिक निर्वाचन भनेको हार्ने–जित्ने कुरा हो भन्ने यो हार्ने–जित्ने कुरासँग हाम्रो आपत्ति होइन, त्यसमा फेयरनेसका साथ हारियो–जितियो कि जितिएन भन्ने एउटा कुरा हो, फेयर हुनुपर्दछ। अर्को हाम्रो आपत्ति भनेको आगजनी, तोडफोड, हिंसा, यो कुरासँग हो । डेमोक्रेटिक ढङ्गले हामीलाई हराउन नपाउने भन्ने हुन्छ र ? हामीलाई शून्य सिटमा पनि झार्न पाइन्छ डेमोक्रेटिक इलेक्सनबाट। मज्जाले पाइन्छ, डेमोक्रेटिक वेबाट । त्यो भोग्न हामी तयार छौँ। हामीले पनि मज्जाले जित्न पाउनुपर्छ,” उनले भने । राष्ट्रपति र प्रधानसेनापतिसँगको संवादबारे ओलीको दाबी ओलीले तत्कालीन राजनीतिक संकटका बेला आफूले संविधानबाहिर गएर समाधान खोज्न नभई संविधानभित्रैबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएको दाबी गरे । उनले आफूले प्रतिनिधि सभा विघटन वा अन्य संवैधानिक कदमका लागि सिफारिस नगरेको र संविधानको पालक तथा रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक व्यवस्थाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा राखेको बताए । उनकाअनुसार तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संविधानको धारा खोलिदिन आग्रह गरेका थिए । ओलीले त्यसबेला आफूले संविधानमा नभएको व्यवस्था देखाउन नसक्ने जवाफ दिएको बताए । उनले भने, “प्रधानमन्त्री, एउटा स्पष्ट हुनुस्, मेरो सिफारिसमा भएको होइन, मैले संविधान मिचेको छैन र संविधानसम्मत ढङ्गले समाधान खोज्नुपर्छ भनेर राष्ट्रपतिलाई लेखेर दिएको छु । तपाईं राष्ट्रपतिको हैसियतले संविधानको रक्षक र पालक भएको हुँदा संविधानभित्रबाट समाधान खोज्न सिफारिस गर्दछु। मेरो सिफारिस यत्ति हो । मलाई राष्ट्रपतिजी र प्रधानसेनापतिजीले संविधानको धारा खोल्दिनुप¥यो भनेर भन्नुभएको थियो, मैले कुन धारा खोल्ने ? धारा भए पो खोल्नु । संविधानभित्रबाट समाधान खोज्नुस् यत्ति हो ।” ओलीले त्यसपछि राजनीतिक दलहरूबाट समाधान खोज्ने प्रक्रिया अन्यत्र गएको टिप्पणी गरे । उनले आफ्नो सिफारिसको आशय संविधानको रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक मर्यादाअनुसार भुमिका निर्वाह गर्नुपर्छ भन्ने रहेको बताए । संवैधानिक निकाय र सुरक्षा संयन्त्रको जवाफदेहितामाथि प्रश्न ओलीले राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र संवैधानिक दायित्वअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै राज्यका अंगहरूको भूमिकामाथि प्रश्न उठाए । उनले अदालतको प्रसंगसमेत जोड्दै शक्तिशाली र संगठित पक्षले राज्यका संस्थाहरूलाई प्रभावमा पार्नसक्ने अवस्था लोकतन्त्रका लागि चुनौती भएको बताए । उनले भने, “राज्य लोकतान्त्रिक भएन भने राज्यका सबै अंगहरू एक ढङ्गले तिनीहरू आफ्नो कर्तव्य पूरा गर्ने अवस्थामा रहिरहेका हुँदैनन् ।” अदालतको सम्मान सबै पक्षबाट हुनुपर्ने उल्लेख गर्दै उनले राज्य र शासकहरूले पनि अदालतको मर्यादा कायम राख्नुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नदीजन्य उद्दार सामाग्री परीक्षण
Latest NewsJust now

नदीजन्य उद्दार सामाग्री परीक्षण

• बागलुङमा नदीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि आधुनिक उद्धार डुङ्गा र सामग्रीको परीक्षण भइरहेको छ। • रु सातलाख खर्च गरेर जुटाइएका सामग्री सशस्त्र प्रहरी गुल्म बागलुङले विपद्को समयमा प्रयोग गर्नेछ। • विभिन्न सङ्घसंस्थाको सहयोगमा यी सामग्रीहरू खरिद गरिएको हो। ...

नेपालबहस
नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण

मोहसिन अलीभरतपुर, मङ्सिर १० गते । चीनको चोङछिङबाट प्राप्त कृषि प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण खेती सफल भएको छ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्या... ...

गोरखापत्र
इरानसँग रुस र चीन कम संलग्न रहेको  ट्रम्पको भनाइ
Latest NewsJust now

इरानसँग रुस र चीन कम संलग्न रहेको ट्रम्पको भनाइ

पाम बिच, संयुक्त राज्य अमेरिका, मङ्सिर ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँ... ...

गोरखापत्र
नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता
Latest NewsJust now

नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र समावेशी बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो । ‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ नारासहित आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकार, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement