Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या
Photo / Coverage: केन्द्रबिन्दु

संयुक्त राष्ट्रसङ्घ । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा करिब पाँच महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको अनुमानअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य परिवर्तन देखिएको छैन । महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । तीमध्ये ४७ हजार पीडितको सङ्ख्याले दैनिक औसत १२९ महिला तथा बालिकाको ज्यान जाने गरेको देखाउँछ । प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार गरिएको जनाइएको छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए । तीमध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र त्यस्ता परिस्थितिमा मारिएका थिए । संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीचको सम्बन्धमा हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । प्रतिवेदनअनुसार महिला तथा बालिकाको हत्या कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको देखिन्छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिएका महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् । विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार महिला हत्याका घटना सामाजिक मान्यता र लैङ्गिक रूढिवादी सोचमा गहिरोसँग जरा गाडेर बसेका छन् । न्याय प्रणालीसम्म पहुँचमा रहेका अवरोधले पनि यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको प्रतिवेदनमा उल्लेख छ । नारीहत्याले महिला तथा बालिकालाई उनीहरूकै लिङ्गका आधारमा गरिने हत्यालाई जनाउँछ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याबाहेक सङ्गठित अपराध, जबर्जस्ती श्रम तथा मानव बेचबिखनसँग सम्बन्धित केही हत्यासमेत यसमा पर्न सक्छन् । तर निजी क्षेत्रबाहिर हुने नारीहत्यासम्बन्धी तथ्याङ्क पर्याप्त नभएकाले क्षेत्रीय वा विश्वव्यापी स्तरमा यस्ता घटनाको वास्तविक परिमाण आकलन गर्न कठिन रहेको प्रतिवेदनले जनाएको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Latest NewsJust now

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिउको छ। मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।  २०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन्। उनी हालका प्रधानसेना... ...

नेपालखबर
नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement